
काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले विदेश जान अनुमति नलिएको जनाएको छ ।
मन्त्रालयले सार्वजनिक पद धारण गरेका ब्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने शिक्षामन्त्रालयले जनाएको हो ।
मन्त्रालयले विज्ञप्ती जारी गगर्दै उपपकुलपति कोइरालाको भिसा सिफारिसका निम्ती विश्वविद्यालयबाट मन्त्रालयमा कुनै प्रकारको अनुरोध नआएको मन्त्रालयले जनाएको छ ।
उता विश्वविद्यालयभित्रकै स्रोतका अनुसार कोइरालाले भने कार्यकारी परिषदबाट विधिवत निर्णय समेत नगराई विदेश जान लागेको बताईएको छ ।
आजदेखि १७ जुलाईसम्म क्यानडाको भ्यानकुभर सहरमा आयोजित १७ औ अन्र्तराष्ट्रिय संस्कृत संम्मेलन १८ जनाले भिसा अनुमतिको लागि निवदेन गरेका थिए ।
जसमा ६ जनाको मात्र भिसा लागेको थियो । कोइरालालाई मन्त्रालयको अनुमति विना विदेश जान लागीएको भन्दै एअरपोर्टबाट फिर्ता गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्