
बुटवल,२५ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाउनु भएका छ ।
बुटवलमा आयोजना एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको टिप्पणी गर्नुभयो । आफ्नो भनाईको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका पौडेलले प्रधानमन्त्री यही हिसावले अघि बढीरहे छिट्टै घुडा टेक्ने उद्घोष समेत गर्नुभयो ।
विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति पौडेलले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
राज्य राजधानीमा मात्रै भएको व्याक्तिको लागि नभएको तर्क गर्दे उहाले विभिन्न खाले समस्या समाधानको लागि डा केसीको माग जाहेज र ठिक भएको बताउनु भयो । संघीयतामा जम्मा ७ प्रतिशत मात्रै बजेट आएको भन्दै उहाले बास्तविक संघीयता बलियो हुन नसक्ने थुर्पै आधारहरु देखा परेको बताउनुभयो ।
नेपालको व्युरोक्रेसी विस्तारै एकात्मक शासन तर्फ धकिलियोको उहाको तर्क थियो । उहाले भन्नुभयो ‘ विस्तारै संघीयतालाई धकेलेर एकात्मकतर्फ लैजाने सडयन्त्र भएको छ । ’ देउवा सरकारले गरेको चुनाबबाट ओली प्रधानमन्त्री बनेको स्मरण गराउदै पौडेलले देउवा सरकारका नियुक्ती बदर गर्नु लज्जास्पद काम भएको टीप्पणी गर्नुभयो ।
‘पौडेलले भन्नुभयो देउवाले गराएको चुनाबबाट आफै प्रधानमन्त्री बन्ने, सातवटै प्रदेशमा प्रदेश प्रमुख हटाउने कुरा सुन्दैछु, तिनीहरुबाट सपथ खाएका मुख्यमन्त्री पनि त्यसो भए अबैध हुनुपर्यो नी ।
संबैधानिक नियुक्तिका कतिपय जांच पास गरेर जिम्मेबारीमा पुगेकाहरुलाइ पनि हटाउनु गैर संम्बैधानिक कुरा भएको उहाले प्रष्ट पार्नुभयो । सबैकुरा राजनीतिक ढंगले हेरिनु नहुने उहाको भनाइ छ ।
नेपाली काग्रेसका युवा नेता समेत रहेका पौडेलले कांग्रेस अव नया ढंगले अगाडी बढ्ने उल्लेख गर्नुभयो । कांग्रेसभित्र आन्तरिक रुपमा सुधारको योजना अगाडी बढाउने भन्दै उहाले भन्नुभयो ,अहिले प्रतिपक्षको भुमिका शसक्त बनाउनको लागि नै हाम्रो ध्यान केन्द्रीत छ । कांग्रेस सभापति देउवालाइ बिधान बिपरित चलेको भन्दै उहाले बिधानलाइ टेकेर अघि बढ्न सुझाब समेत दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्