
काठमाडौं,२३ असार । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले शनिबार काठमाडौंमा र्याली निकालेका छन् ।
विभिन्न नारा लेखिएको ब्यानरसहित एलाइन्सले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्म र्याली निकालेको हो । र्यालीमा डाक्टर केसीको माग पूरा गर्न दबाब दिँदै प्ले कार्ड बोकेका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको भन्दै नाराबाजी गरेका थिए ।
ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार लगाएतका नारा लगाउदै र्यालीमा सहभागीहरु माईतिघरबाट बानेश्वर आएका थिए ।
पटकपटक सरकारले आफ्नो माग पुरा नगरी माफियामुखी विधेयक ल्याउने तयारी गरेको भन्दै डाक्टर केसी अनशन बसेको हो । केसीको स्वास्थ्य विग्रिँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यता नेपाल चिकित्सक संघले डाक्टर केसीको मागमा समर्थन जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्