
काठमाडौं,२३ असार । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको नियमावलीका बिषयमा स्थायी समितिमा प्राप्त सुझावलाई समेटेर अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थायी समितिमा प्राप्त भएका सुझावलाई समेटर नियमावली बनाउन कार्यदल गठन गरेको हो ।
बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदललाई नियमावली बनाउन तीन दिनको समय दिइएको छ । कार्यदलले दिएका सुझावलाई समेटेर परिमार्जन सहित नियमावली प्रकाशन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।
कार्यदलले तयार पारेको नियमावलीलाई यही असार २६ गते सचिवालय बैठकले अन्तिम रुप दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै उनले संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राखिएको भन्दै जनतालाई सहजरुपमा स्वास्थ्य सेवा पुराउन चिकित्सा शिक्षा बिद्येयक ल्याईएको बताए ।
बैठकले व्यापारीहरुको हितमा उक्त बिद्ययेक ल्याएको आरोपप्रति आपत्ती जनाएको छ । डाक्टर गोविन्द केसीले उठाएको मागलाई सम्मान गर्दे जायज मागलाई सम्बोधन गर्ने भन्दै प्रवक्ता श्रेष्ठले केसीको मागलाई सामूहिक छलफलमा लैजानुपर्ने बताए ।
आगामी २६ गते बस्ने सचिवालय बैठकले अन्य समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



















प्रतिक्रिया दिनुहोस्