ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोमाथि बनाएको घरमा बस्न अयोग्य


bhawani desk

 धादिङ, २३ असार । विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए ।

नुबू तामाङले पनि घर निर्माण सकेर तेस्रो किस्ताको लागि प्राविधिकलाई आग्रह गरिरहेका छन् । प्राविधिकले घर हेरेर तेस्रो किस्ताको सिफारिस गर्नुपर्छ ।

उनीहरुको घर हिन्दूङको पहिरोमाथि बनेको हो । पहिरो नजिकै बनाइएको घर प्राविधिकले हेरेर दोस्रो किस्ता सिफारिस गरेका हुन् ।
पहिरोमाथि रहेको ९३ घर अति जोखिममा रहेकोले बस्न नहुने भन्दै हालै सरकारले सो गाउँ स्थानान्तरण गर्नुपर्ने भन्दै गाउँमा जानकारी पठायो । तर गाउँमा २३ घर निर्माण भइसकेका छन् ।

पानी पर्न थालेपछि गाउँवासी गाउँछाडेर अर्को गाउँमा जानुपर्ने भएकोले उच्च जोखिम गाउँका मानिसका लागि अन्यत्र घडेरी लिनका लागि रु दुई लाख दिने घोषणा गरेपछि गाउँवासी कसरी घर निर्माण गर्ने र अर्को स्थानमा पुनः घर निर्माण गर्नु पर्दा कसरी गर्ने भन्ने अन्यौलमा रहेको सामाजिक कार्यकर्ता विजय तामाङले बताउनुभयो ।

सधैँभरि पहिरोको जोखिममा रहेको चपाङचेतका नेत्रबहादुर घलेले दोस्रो किस्ताको रकम लिनुभयो । बस्न अयोग्य भएकाले घलेले सरकारले दिएको रु दुई लाखले पाँचआना जग्गा समेत खरिद गरेका छन् ।

पहिरोमाथि घर बनेको छ । सरकारले दिने बाँकी अनुदान अब पहिरोमाथि नदिने र नयाँ जग्गामा घर बनाएमात्र दिने भएकोले सरकारले बस्न अयोग्य भने स्थानमा अनुदान समेत रोकेको जिल्ला कार्यान्वयन इकाई प्रमुख जिल्ला इन्जिनियर राजेन्द्र केसीले बताउनुभयो ।

चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । जिल्लाको १० बस्तीका २७६ घरपरिवार हाल बसिरहेको स्थानमा बस्न नहुने भनि भौगर्भिक इन्जिनियर र भूगर्भसास्त्रीको टोलीले अध्यायन गरी रुबिभ्याली, नेत्रावती र गैगाजमुना गाउँपालिकाका १० बस्ती बस्न अयोग्य भनि प्रमाणित गरेका थिए ।

सरकारले लामो समयपछि जिल्लाको केही बस्तीलाई बस्न नहुने बस्ती भन्दै गाउँलेलाई जानकारी दिएपछि पहिरोमाथि घर बनाउँदै गरेका अलमलमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com