ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजेल र पेट्रोल अभाव हुनुको कारण यस्तो


एबीसी न्यूज

तेह्रथुम, २१ असार ।  हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ ।

वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताउनुभयो । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ ।

साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ । गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन् । ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताउनुभयो ।

पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको छ । व्यवसायीले मनपरि शुल्क लिएर किनबेच गरिरहेका उपभोक्ताको गुनासो छ । पेट्रोलियम पदार्थको अभावको मौका छोपेर ग्रामीण सडकमा गुड्ने गाडीले महँगो भाडासमेत उठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com