काठमाडौं १९ असार । सरोकारवालाहरुले नेपाली सञ्चारमाध्यम पूर्ण समावेशीकरण हुन नसकेकोले यसलाई समावेशीकरण गर्दे अघि बढ्नुपर्ने जनाएका छन् ।
नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको मिडियामा समावेशीकरण बिषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले मिडियामा पूर्ण समावेशीकरण भैनसकेकाले पूर्ण समावेशीकरण बनाउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द्र आचार्यले मिडियामा समावेशीकरणको प्रारम्भ भएकाले पूर्ण समावेशीकरणका लागी सवैले अभियान संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शुवेन्छा बिन्दुले मिडियामा समावेशीकरण विषयमा कार्यपत्र प्रस्तुत गर्दे नेपाली मिडिया अझैपनि समावेशी हुन नसकेको बताउनुभयो । उहाले मिडियामा अहिले २५ प्रतिशत भन्दा कम महिला सहभागीता रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा समावेशी समितिका संयोजक दिलिप थापामगरले समावेशीको बिषयमा अन्य क्षेत्रमा व्यापकता पाएपनि मिडिया क्षेत्रमा नै समावेशी नहुनु दुखद बिषय भएको बताउनुभयो ।
कार्यक्रममा फोनिजका अध्यक्ष दण्ड गुरुङ,नेपाल प्रेस युनियनका उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधव चौलागाई लगाएतले समावेशी मिडियाका बारेमा चर्चा गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्