ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला तथा बालअधिकार हननका घटनामा वृद्धि


bhawani desk
असार १६, २०७५ शनिबार   ११ : १६   बजे

सिन्धुली, १६ असार । महिला तथा बालिकाको मानवाधिकार हननका घटना वृद्धि हुँदै गएको पाइएको छ ।
जिल्लामा हुने समग्र घटनाको तुलनामा महिला र बालिका बढीपीडित हुने गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अर्धवार्षिक प्रतिवेदनमा सन् २०१८ जनवरीदेखि जुनसम्मका प्रतिनिधिमूलक घटना समावेश गरिएका छन् ।

उक्त प्रतिवेदनमा हत्या, बालिका अपहरण, शारीरिक बन्धन, बालविवाह, बलात्कार तथा बलात्कार प्रयास, बालिका बेचबिखन र महिला बहुविवाहका घटना उल्लेख गरिएको छ । यस वर्ष अहिलेसम्म दुई महिला र दुई पुरुषको हत्या, दुई बालिका बलात्कृत, तीन बालिकामाथि बलात्कारको प्रयास, एक महिला बलात्कृत तथा एक बलात्कारको प्रयास, ५१ घरेलु हिंसा, बलात्कार तथा बालिका बेचबिखन, एक अपहरण तथा शारीरिक बन्धन भएको इन्सेक प्रतिनिधि विमला पाण्डेले बताउनुभयो ।

उक्त प्रतिवेदनमा हरिहरपुरगढी गाउँपालिका निवासी सुस्त मनःस्थितिकी बालिकालाई मीठो खान र राम्रो लगाउन दिने प्रलोभनमा फकाई सर्लाहीको नयाँरोडमा लगी बिहालबाबा होटेलमा बन्धक बनाई सामूहिक बलात्कार गरिएको र घटनाका पीडितलाई इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी निरीक्षक रामकाजी थापाले उल्टै बन्धक बनाई कसैलाई पनि सो घटनाको उजुरी नदिने शर्तमा छाडेको उल्लेख गरिएको छ । अहिले उक्त घटनामा अपहरण तथा शारीरिक बन्धक र जबर्जस्ती करणीका मुद्दा दर्ता गरी अनुसन्धान शुरु भइरहेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पहिलो पटक बालविवाहविरुद्ध जाहेरी दर्ता गरिएको छ । विसं २०७४ फागुन १६ गते दर्ता भएको जाहेरीमा बालविवाह गराउने बेहुलाका बाबु हरि कटुवाल, आमा सीता, बेहुलीका बाबु कृष्णबहादुर कार्की, आमा चम्कीमाया, स्थानीय नमराज कार्की र नारायण अधिकारी दनुवार संलग्न रहेको उल्लेख गरिएको छ ।

बालविवाहका घटनामा दुधौली नगरपालिकाका उपप्रमुख बालकुमारी अधिकारी दनुवारसहित दुधौली नगरपालिका–३ र ६ का वडाध्यक्षसमेत बुझी सर्जमिन गरी कारवाही अघि बढाउन महिला मानवाधिकार रक्षक सञ्जाल सिन्धुलीले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सिन्धुलीका नौ तहमध्ये कमलामाई नगरपालिकामा सबैभन्दा बढी घरेलु हिंसाका घटना हुने गरेका छन् । यस्तै घरेलु हिंसा हुनेमा दुधौली नगरपालिका दोस्रो र मरिण गाउँपालिका तेस्रो स्थानमा छन् ।

बहुविवाहको मुद्दामा अनुसन्धान गर्दै जाँदा बालविवाह र जबर्जस्ती करणी गरेको पाइँदा मुद्दा फेरिई बालविवाह र बलात्कारमा मुद्दा चलिरहेको छ । यस्तै घरेलु हिंसामा सबैभन्दा बढी सम्बन्धबिच्छेद, हेलाँ, दाइजो, छोराछोरीको हेरचाह नगरेकाजस्ता उजुरी परेका छन् ।

समाजमा खुला रुपमा बहुविवाह हुने गरेको भए पनि कानूनी दायरामा नआएको भन्दै महिला अधिकारकर्मीले चिन्ता व्यक्त गरेका थिए । जिल्लामा हुने महिला तथा बालबालिकाका विषयमा प्रहरीले सहजै उजुरी लिन नमान्दा दोषी उम्कँदै आएको उनीहरुको भनाइ छ ।

सामाजिक जेतना अभिवृद्धि गरी महिला तथा बालिकामाथि हुँदै आएका हिंसाका घटना न्यूनीकरण गर्दै मानवाधिकार हननका घटना हुन नदिन स्थानीय तह लाग्नुपर्ने सहभागीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संस्थामध्ये ८० प्रतिशत बालबालिका र महिला अधिकारका लागि उद्देश्य बनाएर दर्ता भए पनि सोहीअनुसारको काम गरे,नगरेको सम्बन्धित निकायले अनुगमन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group