ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता : मन्त्री बाँस्कोटा


bhawani desk
असार १४, २०७५ बिहीबार   ५ : ४७   बजे

झापा, १४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।

विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उहाँले भन्नुभयो – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौं । विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।

आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले भन्नुभयो ,यस अघि हामीसँग बजेट अर्कैको थियो । नीति अर्कैको थियो । कार्यक्रम अर्कैको थियो । त्यो खाली समन्वयात्मक थियो, अब त्यस्तो हुँदैन । हामीले तीन महिनाको अवधिमा सरकारले गरेको कामको समीक्षा गरिसकेका छौं ।

एक फरक प्रसंगमा मन्त्री बाँस्कोटाले सरकार अब घरेलु मामिला सुदृढ गर्न लागिपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण पछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको बताउँदै सरकारले घरेलु मामिला सुदृढ पार्ने सिलसिलामा प्रशासनिक संरचना, विभिन्न निकायहरुको संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो, स्थानान्तरण जस्ता काम सक्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group