काठमाडौं,१४ असार । प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन ।
प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरेको होे । थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केशी भन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाएका छन ।
बजेट प्रदेश र स्थानीय निकायमा काम नलाग्ने भन्दै यो संसद संघीयताको विरोधी बजेट देखिएको उनको भनाई छ । सत्ता पक्षबाट यस्तो प्रस्ताव दर्ता भएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोसित भएका थिए । सत्तारुढ दलका सांसदहरुले समर्थनमा धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले विरोध प्रस्तावको विरोध गरेका थिए ।




















प्रतिक्रिया दिनुहोस्