ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता


bhawani desk

बुटवल, ११ असार । रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् ।

यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल उपमहानगरपालिकाले आव २०७५÷७६ का लागि रु एक अर्ब ६६ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ ।

नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले प्रस्तुत गर्नु भएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको र बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल,खुशी बुटवलवासी’ रहेको छ ।

उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसँगै यो आकारको बजेट प्रस्तुत भएको हो । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधारका रुपमा लिँदै उपमहानगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

बजेटमा चालू खर्चतर्फ रु २२ करोड ३० लाख १७ हजार, सामाजिक सुरक्षा भत्ता रु १५ करोड, चालू आवमा सम्पन्न हुन नसकी आगामी आवमा सरी जाने योजना तथा सम्पूरक कोषका लागि रु ४७ करोड ८९ लाख विनियोजन भएको छ । यस्तै नगरस्तरीय कार्यक्रम पूँजीगत तथा पूर्वाधार निर्माणका योजनामा रु २३ करोड ७७ लाख १४ हजार ८३१ विनियोजन भएको छ ।

उपमहानगरले शिक्षा विकास कार्यक्रमअन्तर्गत रु २५ करोड ४९ लाख ७० हजार विनियोजन गरेको छ भने कृषि विकास कार्यक्रमअन्तर्गत रु ९३ लाख ९७ हजार विनियोजन भएको छ ।

तिलोत्तमाको बजेट रु एक अर्ब ३५ करोड 

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७५÷७६ का लागि रु एक अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभाको आइतबारको बैठकमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले रु एक अर्ब ३५ करोड ३२ लाख ५१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट पारित भएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगर ः खुशी नगरवासी’ रहेको बताउनुभयो । बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट रु ५० करोड आठ लाख ४० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु ८३ करोड १४ लाख ११ हजार र प्रतिनिधिसभा सदस्यमार्फत रु दुई करोड १० लाख राखिएको छ ।

सैनामैनाको बजेट 

सैनामैना नगरपालिकाले व्यवस्थित शहरीकरणका लागि दीर्घकालीन रणनीति बनाई ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने अभियानलाई अगाडि सारेको छ ।

सैनामैना नगरवासीको चाहनाअनुरुप आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्न नगरवासीको आवश्यकतालाई बजेटमा आत्मसात् गर्ने प्रयत्न गरेको आइतबार आव २०७५÷७६ का लागि बजेट प्रस्तुत भएको छ । बजेट नगर प्रमुख चित्रबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन, अनुमानित आय र स्रोत व्यवस्थापनको अनुमानअनुसार आगामी आवका लागि कूल बजेट रु ५९ करोड ५९ लाख ९९ हजार विनियोजन गरिएको छ ।
यसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, भेटनरीलगायत विषयगत कार्यालयका लागि शसर्त अनुदानमार्फत रु १४ करोड ६१ लाख, सामाजिक सुरक्षा भत्तातर्पm नेपाल सरकारबाट प्राप्त हुने रकम रु १० करोड ४३ लाख आठ हजार अनुमान गरी खर्च छुट्याइएको छ । त्यस्तै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपत् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनलगायतको काम समेटिएको पूँजीगत खर्चका निमित्त रु २४ करोड १० लाख ९१ हजार विनियोजन गरिएको छ ।

सिद्धार्थ नगरको बजेट

आव २०७५÷७६ को लागि बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थ नगर नगरपालिकाको कूल बजेट रु दुई अर्ब ४९ लाख ८१ हजार रहेको छ । जसमा चालू खर्चतर्फ रु ४३ करोेड एक लाख ८६ हजारअर्थात २१.४६ प्रतिशत रहेको छ ।
आव २०७५÷०७६ को लागि प्रस्तावित कूल आयमध्ये आन्तरिक आयतर्फ रु नौ करोड २७ लाख ९५ हजार, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानतर्फ रु १७ करोड १३ लाख राजश्व बाँडफाँडबाट रु आठ करोड १३ लाख ५४ हजार, प्रदेश सरकारको समानीकरण अनुदान रु ५० लाख ८० हजार, शसर्त अनुदान रु ७५ लाख राजश्व बाँडफाँडबाट रु ९० लाख ५२ हजार, सडक बोर्ड नेपालबाट रु एक करोड २५ लाख, नगरविकास कोष अनुदान रु २५ लाख, जग्गा रजिष्ट्रेशन बाँडफाँडको रु एक करोड, सामाजिक सुरक्षा भत्तामा रु सात करोड, सीमाक्षेत्र विकासमा रु ३० लाख, लागत सहभागितामा रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै गरी एशियाली विकास बैंकतर्फ अनुदानमा एकीकृत शहरी विकास आयोजनमा रु २८ करोड तथा क्षेत्रीय शहरी विकास आयोजनातर्फ रु एक अर्ब र नगर विकास कोषको ऋण रु पाँच करोड २५ लाख, प्राप्त हुने अनुमान गरिएको छ ।

आव २०७५÷७६ का लागि नगरपालिकाले गर्ने लगानीका प्राथमिकतामध्ये भौतिक पूर्वाधारमा रु एक अर्ब ५७ करोड ४७ लाख ९५ हजार रहेको छ । भौतिक पूर्वाधारतर्फ विनियोजित रकममध्ये सडक, सतह ढल र फोहरमैला प्रशोधन केन्द्रमा रु एक अर्ब ३९ करोड विनियोजित गरिएको छ । नियमित नगर सरसफाइतर्फ रु दुई करोड ३० लाख, सडक बत्ती व्यवस्थापनका लागि रु ४० लाख स्वीकृत गरिएको छ । सामाजिक विकासअन्तर्गत महिला, बालबालिका, दलित, जनजाति, अपांग, ज्येष्ठ नागरिक, मुस्लिम आदि लक्षित वर्गको विकासका लागि रु ३७ लाख ५८ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com