ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश


एबीसी न्यूज
जेष्ठ २८, २०८३ बिहीबार   ८ : २२   बजे

काठमाडौं, २८ जेठ । उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले स्थानीय चालकमाथि कुटपिट गरेपछि सिक्किममा विवाद चुलिएको छ ।

चालकहरुले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । साथै स्थानीयले आफ्ना गाडीमा ‘चालकप्रति दयालु बन’ भन्ने सन्देशसहितको स्टिकर टाँस्ने अभियान चलाएका छन् ।

स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीहरूका अनुसार ९ जुन (जेठ २६ गते) जिरो पोइन्टबाट फर्किने क्रममा शिव मन्दिर क्षेत्र नजिक चालक अनुष गुरुङमाथि कुटपिट भएको हो । सो गाडीमा एक बिरामी बच्चा थिए । उनलाई छिटो अस्पताल पुर्‍याउनुपर्ने भएकाले अनुषले अगाडि रहेका सेनाका गाडीका चालकसँग साइड मागेका थिए ।

तर सेनाका जवानहरूले बाटो दिन अस्वीकार गरेपछि दुवै पक्षबीच विवाद भएको बताइएको छ । विवाद चर्किंदै जाँदा सेनाका केही जवानहरूले अनुषमाथि हातपात तथा कुटपिट गरेका थिए ।

कुटपिटको घटनाको एक भिडियोमा सेनाका जवानहरूले एक चालकलाई गाडीबाट बाहिर निकालेर घेरा हालेर सामूहिक रुपमा मुक्का प्रहार गरिरहेको देखिन्छ । यो भिडियो सामाजिक सन्जालमा भाइरल भएसँगै सिक्किमभर आक्रोश उत्पन्न भएको छ ।

चालकहरूको संस्था ‘सारथी वेलफेयर बोर्ड’, ‘अल सिक्किम ड्राइभर्स वेलफेयर काउन्सिल’ र सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा ९एसकेएम० निकट चालक संगठनहरूले संयुक्त रूपमा घटनाको निन्दा गरेका छन् । उनीहरूले यस घटनालाई श्रमजीवी चालकहरूको आत्मसम्मान र सुरक्षामाथिको आक्रमण भएको भन्दै कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

चालक संगठनहरूले भारतीय सेना अनुशासित संस्था भएको स्मरण गराउँदै घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट संयन्त्र र जिम्मेवारी निर्धारण गर्न पनि आग्रह गरेका छन् ।

साथै पीडित चालकहरूले लाचुङ प्रहरी चौकीमा भारतीय सेनाका जवानहरूविरुद्ध उजुरी दर्ता गराएका छन् ।

सिक्किमको गुरुङ एसोसिएसनले पनि चालक अनुष गुरुङसहित तीन जनामाथि गरेको कुटपिटको घटनाको कडा निन्दा गरेको छ ।

यसअघि सिक्किममै एक महिला यात्रुले चालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । लगत्तै सेनाका जवानबाट पनि ज्यादति भएको भन्दै स्थानीय चालकहरुले आफ्ना गाडीहरुमा ‘बि काइन्ड टु द ड्राइभर’ अर्थात् ‘चालकप्रति दयालु बन’ लेखिएको स्टिकर टाँस्ने अभियान चलाएका छन् ।

प्रहरी स्रोतका अनुसार घाइते चालकहरूको स्वास्थ्य परीक्षण गराइएको छ भने घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

घटनाबारे भारतीय सेनाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । सिक्किममा यो विषय अहिले सामाजिक सञ्जालदेखि राजनीतिक तथा नागरिक वृत्तसम्म व्यापक बहसको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

खुला इन्टरनेटको अन्त्य

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group