ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा प्राथमिकतामा दिँदै तिलोत्तमा नपा


bhawani desk

बुटवल ६ असार  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उक्त नगरपालिकाको आजबाट शुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ शिक्षाको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्ध र लगनशील भई अगाडि बढ्ने जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिसकेको उक्त नगरपालिकाले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारका साथै विद्यार्थीको आवतजावतका लागि सवारीसाधन उपलब्ध गराउनेसम्मका कार्यक्रम अघि सारेको छ ।

आगामी तीन वर्षभित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी समान गर्ने, “फल्स सिलिङ” राखेर विद्यार्र्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यता अन्त्य गरिने पनि जनाइएको छ ।

‘स्वस्थ नगरवासी: स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित् गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले निकट भविष्यमा कार्यान्वय हुने स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत वडा नंं – १७ का नागरिकलाई स्वास्थ्य बीमामा लाग्ने रकमको ३० प्रतिशत रकम अनुदान दिन बजेटमा व्यवस्था मिलाइने जानकारी गराउनुभयो ।

‘एक घर, एक करेसाबारी : पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ वडा नं-१४ लाई “तरकारी पकेट क्षेत्र” र अन्य वडामा “एक घर एक करेसाबारी” को नीति अवलम्बन गर्दै आगामी एक वर्षभित्र तरकारीमा आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य छ ।

कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मानः सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गर्ने जनाइएको छ ।

पशु बीमामा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने, सहकारीखेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा थ्रीपी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन, भैलुभुजलगायत सिँचाइ प्रणाली र बोरिङहरुलाई पूर्वअवस्थामा सञ्चालनका लागि प्रोत्साहन गर्दै सिँचाइमा लाग्ने विद्युत् महसुलमा १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको जनाइएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत जोगिकुटी र कोटिहवामा बुद्धमूर्ति सहितको आकर्षक “प्रवेशद्वार” निर्माण गर्ने र खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउन कार्यविधि बनाएर जस्तापातामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिइने नीति नगरपालिकाको छ ।

भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्बासीलाई सुरक्षित बसोवासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने आगामी आर्थिक वर्षमा पुराना जीर्ण सडकको मर्मत तथा सुधारलाई विशेष महत्व दिइने जनाएइको छ ।

स्वयंसेवक परिचालन रणनीति तय गरिने, बढीमा दुई छोरी मात्र जन्माई बन्ध्याकरण गर्ने दम्पतिलाई सम्मान गरिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त नीति तथा कार्यक्रममा ‘एक घर एक बैंक’ सहकारी खाता, एक महिला एक बैक’ सहकारी खाता अभियान’ सञ्चालन गरी सरकारको आर्थिक सामाजिक सहयोग सबै परिवारमा सिधैँ पुग्ने वातावरण मिलाइने, साउन १ गतेदेखि “एकीकृत सम्पत्ति कर” लागू गरी संकलित राजश्वको २५ प्रतिशत रकम सम्बन्धित वडाको विकासका लागि नै व्यवस्थापन गरिने, सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई ‘उत्कृष्ट करदाता’ को रुपमा पुरस्कृत गरिने पनि बताइएको छ ।

नीति तथा कार्यक्रम तिलोत्तमा नगरलाई समृद्ध बनाउने मार्गदर्शक दस्तावेज भएकाले यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संगठन, गैरसरकारी संस्था, निजी तथा सहकारी क्षेत्रलगायत सबैको सद्भाव, सहभागिता र सहयोग हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com