ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा


bhawani desk
असार ६, २०७५ बुधबार  १२ : ५० बजे

म्याग्दी, ६ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।
मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित उक्त आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

प्राचीनकालमा विभिन्न ऋषि महर्षीले तपस्या गरेको यस स्थानमा विसं १९३५ मा त्रिशूली बाबाले तपस्या गरेर यहाँ निर्माण गर्नुभएको शिव मन्दिर र धर्मशालालगायतका केही संरचना अहिलेसम्म पनि रहेको उक्त आश्रमस्थित शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताउनुभयो ।

उहाँका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर सातदिनसम्म श्रीमद्भागवत् पाठ गर्नुभएको थियो ।

त्यसैगरी जन्मेको छैटौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भन्न थालिएको उहाँले जानकारी दिनुभयोे ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो ।

स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ ।

पहाडको टुप्पोमा घना जंगलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जनबढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकको पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।
यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ ९काठका चप्पल०, शिवलिङ्ग, शिवजीको मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशालामा सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाइको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ ।
अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस योजना बनाउन नसक्दा यहाँको सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताउनुभयो ।

व्यापकरुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उहाँको भनाइ थियो । यो क्षेत्रको संरक्षणका लागि घेराबार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बत्ती दोलखामा, स्विच भारतमा

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

बत्ती दोलखामा, स्विच भारतमा

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com