ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर


bhawani desk
असार ६, २०७५ बुधबार  ११ : ३४ बजे

विराटनगर,६ असार।स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् ।

स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् ।

औद्योगिक नगरीको उपमा पाएको नेपालकै पुरानो शहर विराटनगर महानगरपालिका जनसंख्याका दृष्टिले नेपालको दोस्रो ठूलो शहर हो । विसं १९७१ मा मोरङको पूर्वी दक्षिणी क्षेत्र रंगेली सदरमुकामबाट विराटनगर स्थानान्तरित यो सहर स्थापनाको १०० वर्ष पुगिसकेको छ ।

विसं २००८ मा नगरपालिका, २०५२ सालमा उपमहानगरपालिकामा विकसित हुदै २०७४ सालमा महानगरपालिका बनेको विराटनगर ७७ वर्ग किलोमिटरमा फैलिएको छ । दुई लाख ८० हजार ९१ जनसंख्या रहेको विराटनगरमा १९ वडा छन् ।

विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म जनप्रतिनिधिविहीन नगरपालिका विगतमा कर्मचारीबाटै सञ्चालित थियो भने नेपालको संविधान २०७२ जारी भएपछि नयाँ व्यवस्थामा पहिलो पटक २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचन पछि विराटनगरमा जनप्रतिनिधि आएका छन् ।

निर्वाचनले स्थानीय निकायको अविच्छिन्न प्रतिनिधिको सुनिश्चितता गर्दै ‘हामी सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने जनप्रतिनिधिको घोषणाले नगरवासीमा उत्साह र विश्वास जागेको छ ।

जनप्रतिनिधिले प्रादेशिक राजधानीका लागि आवश्यक पूर्वाधार तयार गर्न नगरको आवधिक योजना कार्यान्वयन गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने, दिगो शहरी विकासको अवधारणाबमोजिम आर्थिक, भौतिक र सामाजिक तथा सांस्कृतिक पक्षको विकास गर्ने, नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाई नगरवासीको विश्वास आर्जन गर्ने र नगरमा अवसरको सिर्जना र जोखिममा रहेका वर्गको सामाजिक संरक्षण गर्ने लक्ष्य जनप्रतिनिधिले लिनु सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।

सरकारबाट अनुदान प्राप्तसहित चालू र पूँजीगत गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार बजेटको महानगरपालिकाले बजेट जनताको माझसम्म पु¥याउन र नयाँ योजना सम्पन्न गर्न ठूलो मद्दत पुग्ने अनुमानमा नगरपालिकाले योजना छनोट गरेको छ ।

लामो समयदेखि जनप्रतिनिधिविहीन यो संस्थामा नगरवासीको असिमित चाहना र योजना समेट्न समस्या हुने देखिए पनि समग्रमा जनता बजेटप्रति आशावादी भएको देखिएको छ ।

वडा नं ७ का बासिन्दा रामचन्द्र रेग्मी भन्नुहुन्छ, “लामो समयदेखि नगरपालिका नेतृत्वविहीन भएकोले जनताको गुनासो सुन्ने व्यक्ति थिएनन् । अहिले काममा सरलता आएको छ, वडामा आएको बजेट पनि पारदर्शी छ तर खर्चमा मितव्ययी हुन र गुणस्तरीय काम गराउन नगरको नेतृत्वले अझ बढी ध्यान दिनु जरुरी छ ।”

नवनिर्वाचित जनप्रतिनिधिले सामुदायिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाका रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक÷एक सामुदायिक विद्यालय र मदरसा गरी तीन विद्यालयमा रु ५० लाखका दरले रु।एक करोड ५० लाख विनियोजन गरेको छ । वडा नं १८ लाई पर्यटन र १९ वडालाई खेलकुद क्षेत्रमा नमूना वडाका रुपमा विकास गर्ने, नगर क्षेत्रमा रहेका नहरलाई बाइपासको रुपमा विकास गर्न रु एक करोड दिने तथा छोरी बचाउ अभियानअन्तर्गत पहिलो छोरी जन्माउनेलाई रु तीन हजार प्रोत्साहनस्वरुप दिने बजेटमा व्यवस्था गरिएको छ ।

सञ्चारकर्मीका लागि विगतमा पाएको अनुदान रकमलाई वृद्धि गरी एफएम, अनलाइन तथा टिभीलाई थप रकम रु एक हजार ५०० देखि रु चार हजारसम्म दिन बजेट व्यवस्था गर्ने, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई थप रु एक हजार भत्ता दिने, घरेलु रक्सी एवं मदिरा उत्पादन र बिक्रीमा रोक लगाउने लक्ष्यअनुसार काम भइरहेको महानगरले जनाएको छ ।

नगरलाई धुलो, हिलोमुक्त बनाउने कार्यक्रमअन्तर्गत १५ वटा वडा प्रत्येकलाई रु २०÷२० लाखका दरले रु तीन करोड तथा १८ र १९ वडालाई रु ५०÷५० लाखका दरले रु एक करोड गरी जम्मा रु चार करोड विनियोजन गरेको छ । अनलाइनबाट समेत नक्सा दर्ता गर्न सकिने व्यवस्था गर्ने तथा घर नक्सामा ५० प्रतिशत र घरजग्गा करमा ३० प्रतिशत छुट दिने नीतिप्रति नगरवासीले खुशी व्यक्त गरेका छन् ।

वडा नं १५ का हरि चौधरीले नक्सा पासको विधिलाई जनताको वास्तविक भावना र परिस्थितिअनुसार सरल बनाउन आवश्यक रहेको बताउनुभयो । कर बढाउने काम मात्रले जनतामा थप निराशा उब्जाउँछ, उहाँले भन्नुभयो ।

नगरपालिकाले वर्षेनी आउने बाढीबाट हुने क्षतिलाई रोक्न नदीको किनारको दायाँबायाँ १००÷१०० मिटरसम्म माटो खन्न नपाइने र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घर परिवारलाई व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

नेपालकै पहिलो उद्योग विराट जुटमिलदेखि नेपालको औद्योगिक क्रान्ति यसै शहरबाट शुरु भएको, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता मुलुकको नेतृत्व सम्हालिसकेका व्यक्तित्वको राजनीतिक कर्म थलो तथा ऐतिहासिक विराट राजाको दरबार, मण्टा पोखरी, रानी पोखरी जस्ता ऐतिहासिकस्थल भएको विराटनगर महानगरमा सुधार गर्नुपर्ने पक्ष धेरै छन् ।

खासगरी, पुरानो एवं औद्योगिक शहर भएकाले विराटनगरको भित्री भागमा व्यवस्थित शहरी विकास हुन सकेको छैन । मुख्य बजारमा सडक चौडा गर्न कठिनाइ छ भने पार्किङको समस्या पनि उत्तिकै छ । नगर क्षेत्रमा सञ्चालित उद्योग व्यवसायलाई समय सापेक्ष परिवर्तन गर्न, प्रदूषणको समस्या सुल्झाउन र सुन्दर एवं व्यवस्थित शहर बनाउन यहाँका जनप्रतिनिधिसामु ठूलो चुनौती छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरलाई बृहत्, सफा र सुन्दर नगर बनाउन आफू प्रयासरत रहेको जनाउँदै स्थानीय जनताको सहभागितालाई अझ बढाई नगरमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तथापि उहाँले सरकारले आगामी आवका लागि घोषणा गरेको वार्षिक बजेटमा विराटनगर महानगरपालिकालाई प्राप्त हुने बजेट कम रहेको दुःखेसो पोख्नुभयो ।

विराटनगर महानगरपालिका–३ का महिला सदस्य इन्दु सुवेदी ९खतिवडा० ले चालू आवमा वडाले प्राप्त गरेको रु एक करोड २० लाख बजेटबाट तीन दर्जनभन्दा बढी योजना सम्पन्न गरेको र त्यसबाट वडावासी अत्यन्त खुशी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं– ३ को मतगणना सुरु

चितवन २ र झापा ५ मा कांग्रेस–एमाले चुनावी तालमेल भएको खुलासा

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com