ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

केदारका कारण व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती


bhawani desk
असार ६, २०७५ बुधबार  ११ : २४ बजे

वीरगञ्ज, ६ असार । पथलैयादेखि परवानीपुर हुदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज-पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि बजेटको अभाव, निर्माण सामग्रीको अभाव, विनियोजित बजेट खर्च भइसके पनि थप बजेट नआएको तथा ठेकेदारको ढिलासुस्तीको कारण समयमा पूरा हुन नसक्ने भएको हो ।

जीतपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घरटहरा तथा भौतिक संरचना भत्काउन जेठ १५ को म्याद दिए पनि अटेर गरेकाले सो ब्यापारिक मार्ग निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाका इञ्जिनियर तथा सूचना अधिकारी सौम्या आनन्दले बताउनुभयो ।

केन्द्र बिन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्दा जीतपुर बजार क्षेत्रको एक हजार १०० मिटरमा ठूला साना गरी २२० वटा घर भत्काउनु पर्ने बताउँदै योजना प्रमुख रवीन्द्रलाल दासले पथलैया परवानीपुरदेखि आइसिपीसम्म २७ किलोमिटरमध्ये एक हजार १०० मिटरमा रहेको घरटहरा बलपूर्वक भएपनि भत्काउने बताउनुभयो ।

पथलैया-वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि जीतपुर बजारवासीले समयमा सो सडक खाली नगर्दा योजनाको काम प्रभावित हुने सम्भावना बढेर गएको छ ।

नेपाल सरकारको रु पाँच अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग क्षेत्रमा रु एक अर्बको लागतमा तीन वटा पुल निर्माण हुने इञ्जिनियर आनन्दले बताउनुभयो ।

पहिलो चरणको योजनाअनुसार छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीविर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौस्थित आइसिपीमा जोडिएको छ ।
बाराको जीतपुर—सिमरा उपमहानगरपालिका–७ मा रहेको जीतपुर बजारको २५ मिटरभित्रको संरचना हटाउन सडक विभागले चासो बढाएपछि जीतपुरवासी त्रसित भएका छन् ।
योजनाअन्तर्गत पथलैया—वीरगञ्ज व्यापारिक मार्गको मध्यबिन्दुमा रहेको जीतपुर बजारबाहेक पथलैया, सिमरालगायत बजार क्षेत्रमा रहेका स्थानीयवासीले विकासको काम भन्दै आफैँ आफ्नो घर टहरा तथा संरचना हटाएपछि जीतपुरबाहेकका क्षेत्रमा छ लेनको सडक विस्तार काम तीव्रगतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं– ३ को मतगणना सुरु

चितवन २ र झापा ५ मा कांग्रेस–एमाले चुनावी तालमेल भएको खुलासा

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com