ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली ट्ष्टबाट कमलामाई झलमल (फोटो फिचर)


admin
असार ५, २०७५ मंगलबार   १० : ५४   बजे

सिन्धुली, ५ असार । सामान्यतः मंगलबारको साँझ सिन्धुलीको कमलामाई मन्दिरमा निकै चहल पहल थियो । साँझ परेसँगै अँधेरो रहने मन्दिरमा निकै चहलपहल हुनुले केही नयाँ हुँदैछ कि भन्ने छनक दिएकै थियो । मन्दिर परिसरमा कोही भजन गाइरहेका थिए, कोही मन्दिर क्षेत्रमा सेल्फी खिच्नेहरुको भीड नै थियो ।


खास कारण थियो, मन्दिरमा सोलार बत्ती जडानको औपचारिक उद्घाटन । प्रसिद्ध कमलामाई मन्दिरमा सोलार सिस्टमसहित प्mलग लाइट र एलइडी पाइप लाइट जडान गरिएको छ । बरिष्ठ समाजसेवी उज्ज्वल विक्रम थापाले मंगलबार सोलार सिस्टमसहितको बत्तीको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा समाजसेवी थापाले भाषणले देश विकास नहुने भन्दै युवाको सहभागिता र सक्रियतामा मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो ।
उहाँले आप्mनो ठाउँका लागि आफैँले प्रयत्न गर्नुपर्नेमा जोड दिदै स्थानीयवासीको सहभागिताले नै विकासले गति पाउने बताउनुभयो ।
उहाँले कमलामाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थानका रुपमा विकास गर्न सकिने सकिने बताउनुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर खड्काले प्रसिद्ध कमलामाई मन्दिरमा सोलार जडानसहित मन्दिर सुरक्षा र सुन्दरताका लागि बत्ती राखिएकामा समाजसेवी थापालाई धन्यवाद दिदै मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउन अधिकतम प्रयत्न गरिने बताउनुभयो ।
कार्यक्रममा रेन्बो संगीत पाठशाला र नयाँ चौतारी युवा क्लव चियाबारीले भजन प्रस्तुत गरेका थिए ।
समाजसेवी थापाको पहल, सक्रियता र सहयोगमा मन्दिरमा सोलार र बत्ती जडान गरिएको हो । सिन्धुली ट्रष्ट नेपालको सहयोगमा पुनर्निर्माण तथा पुनःस्थापना अभियान अन्तर्गत मन्दिरमा सोलार जडान गरिएको हो । मन्दिरमा सोलार तथा बत्ती जडानका लागि भिमान युवा क्लवको महत्वपूर्ण सक्रिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group