ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपाली विश्वकपको भविष्यवाणी बिरालोले गर्ने


एबीसी न्यूज
जेष्ठ २७, २०७५ आईतबार  ९ : ४० बजे

कान नसुन्ने एकिलिजले रुसविश्वकपको भविष्यवाणी गर्ने भएको छ

कान नसुन्ने एकिलिजले रुसविश्वकपको भविष्यवाणी गर्ने भएको छ । आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को जित्ला भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन्।

विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन्। उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन्। त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एकमहिनापछि जुलाई १५ मा लाग्नेछ।

सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो।

यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ। अफिसियल रुपमा यसविश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ।

एकिलिज नाम गरेको निलो आखाँ र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो। उक्त बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ। बिरालोलाई यसअघिबाट नै विशेष प्रशिक्षण दिन थालि सकिएको म्युजियमले जनाएको छ।

कसरी हुनेछ भविष्यवाणी?
पल अक्टोपसले २०१० मा दुई देशका झन्डा राखिएका दुई मध्ये एक बक्सलाई छनौट गर्दै विश्वकपको भविष्यवाणी गरेको थियो।

एकिलिजका अगाडी खेल हुने दुई देशका झन्डाहरु अंकित बलहरु बिरालोको खानासहित राखिने भएको छ। त्यसमध्ये उसले जुन छनोट गर्छ त्यसलाई उसको भविष्यवाणी मानिनेछ। उनले गरेका भविष्यवाणीहरुको प्रत्यक्ष प्रशारण पनि गरिने भएको छ।

एकिलिजलाई नै किन छनोट गरियो त?

म्युजियममा उनको हेरचाहको जिम्मा पाएकी अन्ना कासातकिना भन्छिन्, ‘यसअघि एकिलिजले कन्फडेरेसन कपको पनि भविष्यवाणी गरेको थियो। जसमा उसले गरेका भविष्यवाणी शत प्रतिशत मेल खायो। उ कान नसुन्ने भएकाले पनि निष्पक्ष भविष्यवाणी गर्ने गर्छ। कान नसुन्ने भएकाले बाहिरबाट उसको ध्यानभंग पनि कसैले गर्न सक्दैन् र उसले आफ्नो हृदयले सही भविष्यवाणी गर्नेछ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

आज विश्व हिमनदी दिवस

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com