
काठमाडौँ, २५ जेठ । राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै प्रलोभनमा पारि ठगि गर्ने एक जना पक्राउ परेको छ ।
आफूलाई राष्ट्रिय अनुसन्धा विभागको अधिकृत हुँ भन्दै विभिन्न ब्यक्तिलाई जागिर लगाई दिन्छु भन्दै पैशा असुल्दै आएका काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराका पुष्पाकुमारी श्रेष्ठ र उनका दाई नरेन्द्र श्रेष्ठबाट १७ लाख ५० हजार ठग्ने संखुवासभा पाँचखपन नगरपालिका–७ का टंकबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
पुष्पाकुमारीलाई गोदाम तथा पारवहनमा र हरिबहादुरलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान सुचक पदमा सिफारिस गरेको नक्कली कागजात, आयश्रोतको सिफारिस पत्र लगायतका सरकारी कागजातहरु बनाई विश्वासमा पारी ठगेका थिए ।



















प्रतिक्रिया दिनुहोस्