ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङको तुलसीपुरमा मरेको मान्छे बचाउछु भनेपछि…


एबीसी न्यूज
जेष्ठ २५, २०७५ शुक्रबार   ३ : ०४   बजे
३७ बर्षीया दुर्गा लामिछानेलाई चिकित्सकले बिहीबार बिहान ९ बजे मृत घोषणा गरिसकेका थिए। दाङको तुलसीपुर उपमहानगपालिका वडा नं. ११ प्रि-गाँउस्थित माईती घरमा बसेर स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी लामिछानेलाई घरको पिँढीमै विषालु सर्पले बिहान साढे ७ बजे डसेको थियो।

मृतक दुर्गाका भाइ लोकराज लामिछानेले सर्पले डसेको थाहा पाउने वित्तिकै दिदीलाई मोटरसाईकलमा दौडाएर तुलसीपुर १२ जसपुरमा एक जना व्यक्तिबाट विष चुसाउन लगे।

एम्बुलेन्स नआउन्जेल विष चुसे पनि बिरामीको अवस्था झनै गम्भीर भएकाले दिदीको उपचारको लागि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पाल पुर्‍याए। तर, अस्पताल पुर्‍याए लगतै चिकित्सकले दुर्गा लामिछानेलाई मृत घोषणा गरे।

झारफुक गर्ने वैद्य तथा गुरू (कथित सपेरा) भनाउँदाले अस्पतालले मृत्यु घोषणा गरेका व्यक्तिमा अझै प्राण छ भन्ने दाबी गरे। सर्पले टोकेका व्यक्तिलाई अस्पतालले मृत घोषणा गरे पनि २४ घन्टासम्म बचाउन सकिन्छ भन्ने जिकिर गरे।

त्यही विश्वासमा दुर्गाका पति र भाइ तथा आफन्त परे। त्यही विश्वासमा परेर दुर्गाका पति र आफन्त तथा उनका भाइ लोकराजले बिहीबार बिहान ९ बजेअघि नै अस्पतालले मृत्यु भइसकेको पुष्टि गरिएकी दुर्गाको उपचारको लागि भन्दै अन्तिम संस्कार गर्न तर्फ नलगी ‘मुर्दा’ (मरेको व्यक्ति) लाई थप उपचार गर्ने भन्दै छिमेकी जिल्ला कपिलवस्तुसम्म पुर्‍याए। त्यो सबै वैद्य वा गुरूवा भन्नेकै सल्लाह थियो।

दुर्गाका आफन्तलाई दाङको भालुवाङ तथा कपिलबस्तुसम्म पुर्‍याउँदा झारफुकमार्फत बचाउन सकिन्छ भन्ने विश्वास दिलाइएको थियो। त्यही विश्वासमा परेर आफन्तले दुर्गाको शवलाई घोराहीदेखि झन्डै एक डेससय किलोमिटर टाढा कपिलबस्तु जिल्लासम्म पुर्‍याए।  तर, त्यहाँ वैद्य र गुरुवाहरुले भनेझैं झारफुक गर्ने मानिस भेटिएनन्। अन्त्यमा उनीहरुले मृतकलाई कपिलबस्तुको नेपाली सेनाको गणमा लगेर त्यहाँ पनि नेपाली सेनाका चिकित्सकले दुर्गाको पहिले नै मृत्यु भइसकेको पुष्टि गर्दै फर्काइदिए।

सर्पदंशबाट ज्यान गुमाएकी दुर्गाको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ जमुनीमा पर्छ। दुर्गालाई त्यहाँ ल्याइपुर्‍याउँदा बिहीबार दिउँसो झन्डै पौने चार जति बजेको थियो। तर, फेरि स्थानीय केही झारफुके वैद्य र गुरूवाले दुर्गाको अन्तिम संस्कार गर्न रोक लगाए।

अन्तिम संस्कारको लागि तुलसीपुर १६ स्थित कालोखोला किनारमै दुर्गाको शव लगिए पनि त्यही उपचार गरेर बचाउँछौं भन्ने दाबी गरे।

परिवारजन तथा आफन्तले पनि त्यो दाबीलाई नकार्न सकेनन्। त्यसपछि जिल्लाका विभिन्न स्थानबाट नामुद भनिएका वैद्य, धामी, गुरूवाको जमघट खोलामै भयो। मुर्दाको उपचार हुँदैछ भन्ने सुनेपछि कालोखोलाको किनारमा रातिनै त्यहाँ पुग्ने मानिसको संख्या ठूलो थियो। व्यर्थैको उपचार प्रयास भइरहँदा कतिपयले बेकारको प्रयास नगर्न सुझाए पनि त्यो रोकिएन।

मृतक दुर्गा लामिछानेलाई जीवत तुल्याउन व्यर्थैको भ्रम युक्त प्रयास सफल हुनै कुरै थिएन। अन्ततः उनको शुक्रबार बिहान तुलसीपुर १६ स्थित कालोखोला किनारमा अन्तिम संस्कार गरिएको भाइ लोकराज लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group