काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन् ।
देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी शिला खड्का र काभ्रेपलाञ्चोकका शिव हुमागाइँलाई केन्द्रीय सदस्य मनोनित गरेको छन् ।
१३ औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन् । अझै एक जना मनोनित गर्न बाँकी छ ।
कांग्रेस विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन् । सभापतिसहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्य हुन्छन् ।



















प्रतिक्रिया दिनुहोस्