धनकुटा २४ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता जेल चलान भएका छन।
जिल्ला अदालत, धनकुटाले तोकेको जनही ३० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनीहरु जेल चलान भएका हुन।
जिल्ला अदालतले नेकपा जिल्ला सदस्य विज्ञान भनिने मोहन प्रसाद ओझा र ध्यानबहादुर तामाङलाई उक्त रकम बराबरको धरौटी मागेको थियाे।
हाल उनीहरूलाई जिल्ला कारागार धनकुटा चलान गरिएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। यसअघि गत जेठ ३ गते ओझालाई र वैशाख ३० गते तामाङलाई नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
गत वैशाख ३० गते नेपाल बन्दका क्रममा रुद्रबारीमा प्रहरीको गाडीमा ढुंगा प्रहार भएको थियो। उनीहरुले धरौटी जम्मा गर्न नसके करिब ४ वर्ष कारागारमा रहने जिल्ला कारागार प्रमुख छविलाल भण्डारीले बताए।



















प्रतिक्रिया दिनुहोस्