ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी


एबीसी न्यूज

काठमाडौँ, २३ जेठ । वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरियो ।

‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेतृत्व गर्नुभएको थियो । उहाँ मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी हुनुभएको थियो ।

सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपार्नुभएको फोहर तत्काल हटाउनुस्, आगामी दिनमा पुनः यस्तो फेला पारियो भने कारबाही गर्छु ।” उहाँले कार्यालय अगाडि फोहर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभएमा जरिवाना लगाउने स्पष्ट गर्नुभयो ।

सिंदरबारभित्र र बाहिरका चमेना गृहले फोहर व्यवस्थापन गर्ने नगरेको पाइएपछि मन्त्री बस्नेतले तत्काल उक्त कार्य रोक्न निर्देशन दिनुभयो । मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा मंगलबारदेखि नेपाल स्वच्छ वातावरण महाभियानको थालनी गरेको छ ।

मन्त्री बस्नेतले महाभियानलाई शहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म पु¥याउने जानकारी गराउनुभयो । उहाँले स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेको कदममा साथ दिन आम नागरिकलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com