ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा सरकार पक्षधर ४५ तथा आइएसतर्फ २६ लडाकूको मृत्यु


एबीसी न्यूज
जेष्ठ २३, २०७५ बुधबार   ८ : ५४   बजे

 

बेरूत, लेबनान, २३ जेठ ।  सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट (आइएस) जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी गराएको छ ।

आइएस समूहले यूफ्रेट्स उपत्यकामा सरकारी सुरक्षाकर्मीविरुद्ध गरेको आक्रमणमा सरकारी बल तथा सरकार पक्षधर स्थानीय लडाकू समूहका ४५ जनाको मृत्यु भएको हो । उक्त उपत्यकालाई सरकारी फौजले रूसी हवाइ आक्रमणको सहयोगमा गत वर्ष आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो ।

विद्रोहीले निहाना बनाएका ग्रामिण वस्तीहरू प्रान्तीय राजधानी देर अजोर तथा अबलु कमल शहरको वरपरका इराकी सिमानामा पर्ने शहरहरू हुन् ।

उक्त गाउँहरूको बीच भागमा अहिले पनि आइएस विद्रोहीको प्रभाब क्षेत्र रहेको हाजिन शहर पनि पर्छ ।

मानव अधिकारवादी संस्थाका प्रमुख अब्देल रहमानले दिएको जानकारी अनुसार सरकारी पक्ष र विद्रोहीबीचको झडपमा परी कम्तीमा २६ जना आइएस लडाकू पनि मारिएका बताउनुभयो ।

सरकारी पक्षधर समूहमा परेका प्राय सिया लडाकूहरू रहेका भएपनि उनीहरू इराकी, अफगानी तथा लेबनानी नागरिकसमेत रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group