ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानविरुद्ध युद्धको वातावरण नबनाइने : कतार


एबीसी न्यूज
जेष्ठ २१, २०७५ सोमबार  ९ : ३६ बजे

सिङ्गापुर, २० जेठ । कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् ।
कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भन्नुभयो, “दुई देशबीच अनेकौँ मतभिन्नताहरू रहेका भएपनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्ने छैन ।”

उहाँले भन्नुभयो, “के क्षेत्रीय विवादलाई प्रश्रय दिँदै इजरायल र अमेरिकालाई इरानविरुद्ध निम्ताउनु बुद्धिमानी हो ? इरान एक छिमेकी हो ।”
“यदि इरानलाई कमजोर पार्न तेस्रो पक्ष वा अन्य शक्तिराष्ट्रलाई यस क्षेत्रमा निम्त्याइयो भने या क्षेत्रकै लागि धेरै खतरनाक हुनेछ ।”
कतारी रक्षा मन्त्रीको यो प्रतिक्रिया साउदी अरबको नाम नलिइकनै साउदीले इरान तथा इरानलाई सघाएको भन्दै कतारमाथि लगाएको नाकावन्दीप्रति लक्षित गरी आएको हो ।

कतारी सैन्य हवाई अखडालाई इरानविरोधी युद्धमा प्रयोग गर्न दोहा तयार छ त भन्ने सवालमा रक्षामन्त्री अल–अतियाले भन्नुभयो, “कतार युद्धको समर्थनमा छैन । बरू समस्यालाई वार्ता र आपसी छलफलबाट समाधान गर्ने पक्षमा कतार रहनेछ ।”
यसअघि रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको थियो ।

रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको थियो ।
खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको थियो । इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ ।

आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com