ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणहिटी पर्व- आजसम्म पनि अनुत्तरित प्रश्नहरु

एबीसी न्यूज

– जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको खबर भारतलगायतका विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे ? नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी संचारमाध्यमहरूसँग भन्न सके ? घटना घटेको बेला उनी कहाँ थिए ?
– युवराज दीपेन्द्रले आफ्नो विवाहको बारेमा विवाद भएपछि बढी रक्सी सेवनको अवस्थामा गोली हानी राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारलाई हत्या गरेको भनी प्रचार गरिएको सम्बन्धमा के प्रश्न स्वाभाविकरुपमा उठ्छ भने प्रेमिकालाई विवाह गर्न नपाएको हो भने आफूले आत्महत्या गर्न सक्ला वा त्यस कार्यमा सबभन्दा बढी अवरोध ल्याउने कसैलाई गोली प्रहार गर्न सक्ला, तर महाराजाधिराजको रोलक्रममा रहेको आफूसमेत आफ्नो तर्फका सबै परिवारको हत्या कसरी गर्न सक्दछ ? के मनोविज्ञान विशेषज्ञहरूले यसलाई संभव बताउलान् ?
– रक्सीको सेवनले होश गुमाएको एउटा व्यक्तिले कसरी छानी छानी आफ्नै परिवारको व्यक्तिलाई निशाना बनाउँछ ? प्रत्यक्षदर्शी भनी श्री ५ वीरेन्द्र सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्ने डा. राजीव शाहीले एकातिर युवराज दीपेन्द्र रक्सी सेवनको कारणले उभिन सक्ने अवस्थामा पनि थिएनन् भनेका छन् भने साथसाथै दीपेन्द्रले पछयाइ पछर्याई र लघारीलघारी आफ्नो आमा र भाइलाई गोली हाने भनेका छन्। यी दुवै कुरा एकैसाथ कसरी सत्य हुन सक्छन् ?
– एकातिर रक्सीको सेवनको कारणले होश गुमाएर मिनेटभरमै आफ्नो सम्पूर्ण परिवारलाई दीपेन्द्रले हत्या गरे भनेर प्रचार गरिएको छ, अर्कोतिर दीपेन्द्रले पलभरमै होशमा आएर ग्लानिस्वरुप आफूलाई पनि गोली हानेर आत्महत्या गरे भनिंदैछ। एक मिनेटअघि रक्सीले मातिएर आफ्नो पिता, मातालाई समेत हत्या गर्ने दीपेन्द्रको पलभरमै होश कसरी खुल्छ ? के यो कुरा अन्तरविरोधी छैन ?
– डा. राजीव शाहीले त्यस दिनको राजदरबारको पारिवारिक जमघटमा दीपेन्द्रको विवाहको कुनै कुरा नभएको बताएका छन्। त्यसो भए झन् दीपेन्द्रले विनाकारण किन उत्तेजित भएर गोली ठोके ?
– उक्त हत्याकाण्डमा राजा वीरेन्द्र र त्यसपछिको उत्तराधिकारी दीपेन्द्रसहित उनको परिवारको सबै सदस्यहरूको हत्या हुन्छ, तर त्यस अवस्थामा त्यसपछि राजगद्दी पाउनसक्ने व्यक्तिको सम्पूर्ण परिवार भने कसरी पूरै जीवित रहन्छ ? यो कसरी सम्भव भयो ? के यो संयोग मात्र हो भनेर पत्याउन सकिन्छ ?
– अत्यधिक रक्सी सेवनको कारणले युवराज दीपेन्द्रले आफ्नो मातापितासहित सबैको हत्या गरेको बताउने डा. राजीव शाहीले पारसको अनुरोधमा दीपेन्द्रले पारस शाहलाई भने केही पनि नगरेको बताउँछन्। के यो आफैंमा हास्यास्पद र अविश्वसनीय कुरा होइन ?
– डा. राजीव शाहीले अधिराजकुमारी श्रुतिले आफ्ना पति गोरखशमशेरलाई गोली लागेकोले सम्हाल्न जाँदा दीपेन्द्रले हानेको गोली लाग्न गएको भनेका छन् र उनले यो पनि भनेका छन् कि राजा वीरेन्द्रलाई गोली लागेर ढलेपछि उनी आफैंले राजा वीरेन्द्रको घाँटीबाट आएको रगत थाम्ने प्रयत्न गरेका थिए। उनले दीपेन्द्रले राजा वीरेन्द्रलाई एक पटक गोली हानेर बाहिर गई फर्केर आएपछि पुनः गोली हानेको बताएका छन्। त्यसरी गोली हान्दा डा. शाहीलाई चाहिं कसरी एउटै गोली पनि लागेन ?
– युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ?
– राजदरबारभित्र राजाको सुरक्षाको निम्ति भनी राखिएको हजारौंको संख्याको शाही सेना यो सब घटना घट्दा के हेरेर बसिरहेको थियो ?
– राजदरबारभित्रका भान्से र सेवा सुश्रुसामा रहेका अन्य व्यक्तिहरूको भूमिका के रह्यो ? उनीहरू घाइते भएका छन् कि छैनन् ? उनीहरू कुन अवस्थामा र कहाँ छन् ?
– राजपरिवारको उक्त काण्डमा गोली लागेकाहरूको स्वास्थोपचारमा मुख्य ध्यान नदिएर किन औपचारिकता र सुरक्षामा बढ्ता जोड दिइयो। राजदरबारबाट सबभन्दा नजिक रहेको र वीरेन्द्र सैनिक अस्पतालभन्दा पनि योग्य चिकित्सक एवं साधनस्रोत सम्पन्न शिक्षण अस्पताल महाराजगन्जमा किन घाइतेहरूलाई लगिएन – चिकित्सकलाई बाहिरबाट उपस्थित गर्ने क्रममा र साधनको अभावमा उपचारको प्रक्रिया ढिलो हुन जाने कुरालाई किन ध्यान दिइएन ?
– त्यत्रा विशिष्ट व्यक्तिहरूको उपचारको लागि विदेशबाट विशिष्ट चिकित्सकहरूलाई बोलाउने कार्य किन गरिएन ?
– मेडिकल रिपोर्टका अनुसार युवराज दीपेन्द्रको शव परीक्षणमा रक्सीको कुनै अंश पनि नरहेको बताइन्छ, वास्तविकता के हो ?
– युवराज दीपेन्द्रलाई देव्रे कन्चटमा र पछाडि गोली लागेको बताइन्छ। देव्रे कन्चटमा मात्रै गोली लागेको हो भने पनि त्यसले दीपेन्द्रले आफैंलाई गोली हानी आत्महत्या गरेको देखाउ“दैन, किनकि दीपेन्द्रको दाया“ हात चल्छ र दाया“ हात चल्ने व्यक्तिले आत्महत्याको लागि बाया“ हात चलाउने कुरा पत्याउन कसरी सकिन्छ ? त्यसैले दीपेन्द्रलाई गोली कहा“ लागेको थियो ?
– उक्त हत्याकाण्डमा मृत्यु हुनेहरूको शवको किन पोस्टमार्टम गरिएन ? यत्रो हत्याकाण्ड भएपछि त्यसको इमान्दारीपर्ूवक अनुसन्धान गर्ने हो भने पोस्टमार्टम अनिवार्य थिएन ? शिक्षण अस्पतालबाट त्यस विषयका विज्ञहरूलाई आउन सूचना गरेर पनि पछि किन आवश्यक छैन भनियो ? पोस्टमार्टम नगरी अन्तिम संस्कार गर्ने आदेश दिने व्यक्ति को हो ? किन त्यस्तो आदेश दिइयो ?
– राजदरबारभित्र रहेका उच्च सैनिक अधिकृतहरूसहित कतिपय सैनिकहरू र कतिपय कर्मचारीहरू हराइरहेको चर्चा भइरहेकै बेला राजधानीको सडक सामान्य रहेको बेलामा तेस्रो पटकको राति ९ बजेदेखि ३ बजेसम्मको कफ्र्यूको आदेशको उद्देश्य र अर्थ के हो ? पशुपति क्षेत्र वरपर कसैलाई जान नदिनुसँग यसको के सम्बन्ध हुनसक्छ ?
– उपचारमा खटिएका चिकित्सकहरूबाट प्राप्त जानकारीका आधारमा पत्रपत्रिकामा प्रकाशित भई जनमानसमा चर्चा भएअनुसार उक्त हत्याकाण्डमा घायल र मृत्यु हुनेहरूलाई चार प्रकारको गोली लागेको बताइन्छ। युवराज दीपेन्द्रले नै गोली चलाएको मान्ने हो भने पनि उनले दुवै हातमा दर्ुइथरि हतियार लिई गोली चलाउ“दा दर्ुइ प्रकारको गोली मात्र प्रयोग हुनसक्छ, त्यसो भए अरु गोलीहरू कहा“बाट आएका थिए ? के यसले एकभन्दा बढी व्यक्तिहरूबाट गोली प्रहार भएको देखाउ“दैन ?
– राजदरबारका प्रत्यक्षदर्शीर् भनिएका व्यक्तिहरू प्रारम्भमा किन चुप बसे र छानविन समिति बनेपछि हत्यारा दीपेन्द्र नै हो भनी एकपछि अर्को बयान जारी गरियो ? यसलाई हत्यारा दीपेन्द्र नै हो भनेर स्थापित गर्ने र आयोगलाई प्रभावित पार्ने षड्यन्त्र होइन भनेर कसरी भन्ने ?
– डा. राजीव शाहीले छानविन समिति बनिसकेपछि सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्न कसरी सके ? यो सेना प्रमुख वा त्यसभन्दा माथिल्लो स्तरको आदेशबिना सम्भव हुनै सक्दैन। त्यसैले डा. राजीव शाहीको पत्रकार सम्मेलन प्रायोजित थियो र अहिले सैनिक प्रधान कार्यालयले आफ्नो अनुमतिबिना डा. शाहीले पत्रकार सम्मेलन गरेकाले ?डा. शाही सेनाका डाक्टर हुन्) उनीस“ग स्पष्टिकरण माग गरिएको भनी गरिएको प्रचार पनि प्रायोजित हो भनेर किन नभन्ने ?
– यदि यो षड्यन्त्रयुक्त घटना होइन भने राजदरबारको उक्त जमघटमा भएको प्रत्यक्षदर्शीहरूले त्यस घटनाको वास्तविकताको जानकारी प्रम, सरकार र सम्बन्धित व्यक्तिहरूलाई समयमै दिएको हुनर्ुपर्दछ। त्यसका अतिरिक्त उपचारका लागि लगिएका घाइतेहरूले नै शुरुमा चिकित्सकहरूलाई हत्यारा को हो भनी जानकारी दिइसकेको र त्यस्तो जानकारी पाउनेमध्ये राजसभाका सदस्य डा. मृगेन्द्रराज पाण्डेसमेतको चर्चा छ। घाइतेहरूले जानकारी दिएका हत्यारा को हुन् ? के उनीहरूले पनि दीपेन्द्रलाई नै हत्यारा भनेका थिए ? यदि त्यसो हो भने राजसभाले दीपेन्द्रलाई कसरी राजा घोषित गर्यो त ?
– वर्तमान राजा ज्ञानेन्द्र घटना घटेको बेला पोखरामा रहेकोले प्रम गिरिजा नै घटनास्थलमा पुग्ने पहिलो सबैभन्दा अधिकारसम्पन्न व्यक्ति थिए। दरबारमा त्यत्रो हत्याकाण्ड भएपछि प्रमले किन तत्काल घटना घटेको भवन र कक्षहरूलाई शिलबन्दी गर्ने र घटना घटेको निश्चित क्षेत्रलाई विशेष सुरक्षा व्यवस्थाअर्न्तर्गत निगरानीमा राख्ने व्यवस्था गरेनन् ?
– प्रधान न्यायाधीशको अध्यक्षतामा गठन भएको छानविन समितिले किन आफ्नो अनुसन्धानको प्रक्रियामा किन विदेशी विशेषज्ञहरूको सहयाता लिन आवश्यक ठानिएको छैन ? कमसेकम उपचारमा खटिएका नेपाली चिकित्सकहरूले तयार पारेको मेडिकल रिपोर्टको जा“च गर्ने र त्यस आधारमा निस्कने निष्कर्षाई पुष्टि गर्न चिकित्सा क्षेत्रका विदेशी विज्ञहरूको अनिवार्य आवश्यकता देखिन्छ। आयोगले किन त्यसतर्फध्यान दिइरहेको छैन ?
– हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ? कुनै पनि षड्यन्त्र नभएको भन्ने घोषणाले नै षड्यन्त्रको आभाष दिंदैन ? अनि यो हत्याकाण्डमा राजदरबारभित्रको राजनीतिक द्वन्दमा सापेक्षतामा उदार पक्ष लिने राजा वीरेन्द्र र उनको उत्तराधिकारीको मृत्यु हुनु र अनुदार पक्षका भनिने व्यक्तिहरू बा“च्नुलाई के संयोग मात्र मान्न सकिन्छ ? के यसले यो हत्याकाण्ड विदेशी प्रतिक्रियावादी शक्तिहरू तथा देशभित्रका चरम अनुदार तत्वहरूबाट भएको राजनैतिक षड्यन्त्र हुनसक्ने कुरातर्फसंकेत गर्दैन ?
राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे ? नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी संचारमाध्यमहरूसँग भन्न सके ? घटना घटेको बेला उनी कहाँ थिए ?

राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरु। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com