गुराँस गाउँपालिकाको रानिमत्ता प्रहरी चेकपोष्ट नजिकै भे १ ज ५४५ नम्बरको जीपबाट खसेर सुर्खेतको बराहताल–५ का पुस्कर घर्ती मगरको मृत्यु भएको रानिमत्ता प्रहरी चेकपोष्टले जानकारी दिएको छ।
प्रत्यक्षदर्शी मदन विकका अनुसार जीपको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो। प्रहरी चेक पोष्ट नजिकै जीपबाट खसेर बालकको मृत्यु हुनु सवारी चेकजाँचमा लापरवाही भएको आफन्तको आरोप छ।



















प्रतिक्रिया दिनुहोस्