ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी बन्दैछ कोटेश्वर–कलंकी चक्रपथ ? (भिडियो)


admin

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् । सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ । पछिल्लो समय चक्रपथको स्तरोन्नती गर्ने प्रयत्न समेत भएको छ । तर, चक्रपथको स्तरोन्नती पनि अन्य सडक जस्तै बेहालत छ ।

चक्रपथको स्तारोन्नती गर्न चक्रपथ सुधार योजनाले काम गरिरहेको छ । पहिलो चरणमा कोटेश्वर–कलङ्की खण्डको सडक स्तारोन्नतीको काम हुँदै छ । योजनाले काम सम्पन्न गर्न पाएको समयमा सडक बनाउन सकेन । त्यसपछि एक वर्ष समय थपिएको छ । थपिएको समय पनि अब १० महिना मात्र बाँकी छ । तर, थएिको समयमा पनि काम सम्पन्न हुने सम्भावना कम छ ।

काठमाडौंको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कोटेश्वर, ग्वार्को हुँदै कलङ्की सम्मको १० किलोमिटर दुरीको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले ५ अर्ब रुपैयाँमा सहयोग गरेको छ । र, चक्रपथ स्तरोन्नतीको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन चाइनाले पाएको छ । नेपाल सरकार र निर्माण कम्पनीबच सन् २०१३ सेप्टेम्बरमा काम सुरु गरि २०१७ जुलाईमा सम्पन्न गर्ने सहमती भएको थियो । तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि एक वर्ष समय थपिएको छ । अब निर्माण कम्पनीले सन २०१८ जुलाईमा काम सक्नु पर्ने छ ।

अहिलेकै गतिमा काम हुने हो भने थपिएको समयमा पनि चक्रपथ स्तारोन्नतीको काम सम्पन्न हुने सम्भावना काम छ । तर, चक्रपथ सुधार योजनाले भने अहिलेसम्म ८० प्रतिशत काम सकिएकाले समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

चक्रपथ सुधार योजनाले अहिलेसम्म कोटेश्वर–कलंकी खण्डमा ४ वटा आकाशे पुल र ६ वटा सामान्य पुल बनाइसकेको छ । तर, ती पुलहरु फिनिसिङ हुन बाँकी नै छन् । सडक पेटी, ढल बग्ने ड्रेन र अपाङ्ग मैत्री सडक पेटी बनाउने लगकायका काम लथालिङ्गै छ । योजनाले वर्षायाम अगाडी नै कोटेश्व देखी सात दोबाटो सम्मको सडक कालोपत्रे गरिसक्ने योजना बनाएको थियो । तर, कालोपत्रे गर्नका लागि काम सुरु भए पनि कालोपत्रे हुन सकेको छैन ।

नयाँ बन्दै गरेको सडक पूर्ण रुपमा अपाङ्ग मैत्री हुनु पर्ने सम्झौतामा उल्लेख छ । तुलनात्मक रुपमा केही बढी काम भएको कोटेश्वर आसपास मै पनि अपाङ्ग मैत्री सडक बनाउने काम अगाडी बढ्न सकेको छैन । अन्य क्षेत्रमा त सडक सम्याउने काम नै पुरा भएको छनै । तर, तिब्र गतिमा काम भइरहेकाले थपिएको समयमा सडक बनिसक्ने योजनाको दावी छ ।

२०७२ सालको भूकम्प पछि धेरै निर्माण कम्पनीहरुलाई ठूलो बहाना मिल्यो । जिम्मा लिएर कामै नगरी बसेका निर्माण कम्पनीहरुले पनि भूकम्पका कारण काम गर्न नसकेको वहाना बनाए । त्यो बीचमा भारतीय नाकाबन्दीको समेत प्रभाव पर्‍यो । चक्रपथ अन्तरगत कोटेश्वर–कलंकी सडक खण्डको निर्माण जिम्मा पाएको चिनियाँ कम्पनीले समेत भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको दावी गरेको थियो । तर, अब भने सडक निर्माणका लागि सहज वातावराण बनिसकेको छ ।

त्यसैले तिब्र गतिमा काम हुने हो भने थापिएको समयमा काम सम्पन्न हुन सक्छ । तर, अहिले वर्षायाम भएकाले सडक निर्माणका काम ठप्प जस्तै छ । वर्षायाम सकिन अझै पनि दुई महिना बाँकी छ । असोजपछिका दिनमा मात्रै सहज रुपमा कालोपत्रे गर्ने काम अघि बढ्न सक्छ । त्यसैले फेरी पनि सडक बनिसक्ने समय लम्बिने सम्भावना बढी छ ।

हाम्रो देशमा कुनै पनि विकास आयोजना समयमै सम्पन्न हुँदैन । निर्माण आयोजना समयमै सम्पन्न नहुनुमा धेरै क्षेत्रको प्रभाले भूमिका खेलेको हुन्छ । केही वर्ष अगाडीसम्म राजनीतिक अस्थिरताको सिधै प्रभाव निर्माण क्षेत्रमा पर्ने गरेको थियो । पछिल्लो सयम भने राजनीतिक प्रभाव कम हुँदै गएको छ । तर, निर्माण कम्पनीको गैह् जिम्मेवारीपन भने अझै पनि यथावत छ ।

निर्माणको जिम्मा पाएका कम्पनीहरुले सहमति अनुसार इमानदार भएर काम गर्ने हो भने कुनै पनि आयोजनाको निर्माण अवधि लम्बिने छैन । तर, कुनै पनि निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने गरेका छैनन् । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सबै आयोजनामा लागत बढ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com