ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस मागेको भन्दै शिक्षाका दुई प्राबिधिकविरुद्ध उजुरी


admin
जेष्ठ ८, २०७५ मंगलबार  ७ : १६ बजे

म्याग्दी ८ जेठ । जिल्लाको एक विद्यालयको पूर्वाधार निर्माणको क्रममा विद्यालयबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीमा कार्यरत ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेको हो ।

धौलागिरी गाउँपालिका –३ दरको सुर्य ज्योती आधारभुत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाइमा दर्ता गरेको उजुरीको आधारमा सम्बन्धित कर्मचारीलाई तिन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिनुका साथै छानविन सुरु गरेको कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

सरकारी बजेटको कतैपनि कसैले पनि दुरुपयोग नगरुन भन्ने अभियानमा लागीपरेको सन्दर्भमा सम्बन्धित प्राविधिकहरुले रकम मागेको भनेर उजुरी परेको कारण उक्त बिषयमा गम्भिर भएर अनुसंधान गरिने र घुस मागेको र खाएको पुष्टी भएमा कारबाही हुने उहाँले बताउनुभयो ।

उजुरीमा ईञ्जिनियर खनाल र प्राबिधिक उप्रेतीले आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको १९ लाख पचास हजार रुपैया बिनियोजित तिन कोठे भवनको नापचाँजका क्रममा २०७४ असोजमा बिस हजार घुस लिएको उल्लेख छ ।

यसैगरी २०७४/७५ मा ३१ लाख पचास हजार रुपैया बजेटको तिन कोठे ट्रस भवन योजना पारीदिने भनेर दुई लाख पचास हजार रुपैया माग गरेका खनालले प्राबिधिक उप्रेती मार्फत पहिलो किस्ता पेश्कि निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी पचास हजार रुपैया लिएको आरोप लगाइएको छ ।

पिडितका अनुसार पुरानो योजनाको फरफारकका क्रममा थप ६३ हजार माग गरेका थिए । उनिहरुले मागे अनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र पास भएपनी पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको पिडितले बताएका छन् ।

सो उजुरीमा अर्का प्राबिधिक राम उद्गार यादवले समेत अन्तिम किस्ता भुक्तानीका क्रममा बिनियोजित बजेटको चार देखि पाँच प्रतिशत कमीसन अन्य विद्यालयहरुले समेत दिने गरेको र नदीएमा लेखाका अन्य कर्मचारी रिसाउने गरेको भनी घुस दिन बाध्य पार्ने गरेको उल्लेख छ ।

मोवाईलमा सम्र्पक गर्दा पैसा नलिएको र लगाइएको आरोप गलत भएको प्रतिक्रिया दिनुभएका आरोपीत ईञ्जिनियर खनाललाई मंगलबार दिउँसो पटक पटक कार्यालयमा भेट्न जाँदा उपस्थित नभएको पाइयो । जिशिअ श्रेष्ठले उजुरीलाई गम्भिर रुपमा लिएर छानविन गरिएको बताउँदै दोषी देखिए कानुन अनुसारको कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शिक्षा कार्यालयका प्राबिधिकहरुले समयमा योजनाको नापजाँच नगर्ने, पाईलै पिच्छे अतिरिक्त पैसा माग्ने, उनिहरुले सिफारीस गरेका ब्यवसायीकहाँबाट निर्माण सामाग्री खरिद गर्नुपर्ने, भने अनुसार नगरे अनेक बाहनामा दुख दिने गरेको शिक्षक, प्रअ र व्यवस्थापन समितिका पदाधीकारीहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयले म्याग्दीका चालु आर्थिक वर्षमा नौ वटा चार कोठे, तिन वटा तिन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

धुलोजन्य वायु प्रदूषण उच्च

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com