ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग


एबीसी न्यूज
जेष्ठ ८, २०७५ मंगलबार  ६ : ५९ बजे


वासिङ्टन, ८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गर्नुभएको छ ।

उहाँले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताउनुभएको हो ।

अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै दिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट सन्देशमार्फत आफ्नो चुनावी अभियानका बारेमा छानबिन गर्न न्याय मन्त्रालयसमक्ष माग गरेको बताउनुभएको थियो ।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो ९एफबीआइ० का प्रतिनिधिहरूले त्यस निर्वाचनका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाबाट जासुसी गरिएको भन्ने आरोपका विषयमा अनुसन्धान गरिने बताएका छन् ।

त्यस निर्वाचनका क्रममा यस्तो गैरकानुनी काम गरे वा नगरेको भन्ने बारेमा पत्ता लगाउन उक्त कार्यालयले अनुसन्धान थाल्ने योजना बनाएको बताएको छ ।

अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले यस्तो कुनै प्रकारको घुसपैठ भएको भन्ने बारेमा अहिले नै केही भन्न नसकिनेभन्दै यदि त्यस्तो भएको प्रमाणित भएमा संलग्नहरुमाथि उचित कारबाही गरिने पनि जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पले यसरी आफ्नो ट्वीट अकाउन्टमार्फत नै अनुसन्धान गर्न भनेपछि संघीय अनुसन्धान ब्युरोका एकजना प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेका थिए ।

यसअघि गतवर्ष अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ मा भएको निर्वाचनको प्रचारका क्रममा उहाँलाई रुसका अधिकारीहरुले सहयोग गरेका भनेर समाचार आएको थियो ।

यसरी अमेरिकी निर्वाचनमा रुसी अधिकारीहरुको हस्तक्षेपको बारेमा सन् २०१७ भरि नै अनुसन्धान भएकोमा अहिले आफ्नै निर्वाचनका विरुद्धमा यस्तो जासुसी भएको समाचार आएपछि उहाँले यसको अनुसन्धान गर्न भन्नुभएको हो ।

एफबीआइका अधिकारीहरूले ट्रम्पको निर्वाचन अभियानका क्रममा रुसी अधिकारीहरुसँग पनि सम्पर्क भएको भन्ने बारेमा पनि केही तथ्यहरु भेटिएको बताएका छन् ।

त्यसैले ट्रम्पको चुनावी अभियानका विभिन्न पक्षमाथि नै अनुसन्धान सुरु भएको एफबिआइका अधिकारीहरुले जनाएका छन् ।

उहाँको चुनावी प्रचारप्रसारको क्रममा रुसी गुप्तचरहरुसँग साँठगाँठ भएको भन्ने आरोपको छानबीनको अभियान अमेरिकी सिनेटसम्म नै पुगेको थियो ।

उता राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा भएको यस गुप्तचर क्रियाकलापहरुका बारेमा छानबिन गर्न अघिल्लो ओबामा प्रशासनलाई पनि भनेको तर त्यस बारेमा उक्त प्रशासनले एफबीआइलाई आदेश दिए नदिएको बारेमा पनि छानबिन गर्न माग गरेको बताउनुभएको छ ।

यसलाई कुनै पनि राजनीतिक रुपमा प्रेरित नभई विशुद्ध अनुसन्धान मात्र गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । न्याय मन्त्रालयका एकजना प्रवक्ताले यसलाई सोही बमोजिम नै अघि बढाइने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com