ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश सरकारले आइतबारको बैठकबाट गरेका ६ निर्णय


admin

सुर्खेत, ६ जेठ ।  कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पु-याउनका लागि यथाशीघ्र प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

त्यस्तै यही जेठ २ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा दुर्घटनाग्रस्त मकालु एयरको जहाजमा ज्यान गुमाउने चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

बैठकमा चालकद्वयले कर्णाली प्रदेशका लागि पु-याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
त्यसैगरी लागुऔषध नियन्त्रणसम्बन्धी विधेयक र कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि प्रादेशिक मन्त्रीपरिषद्ले गरेको छ ।

आज भएका महत्वपूर्ण ६ निर्णयहरु यस्तो-

1. हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरियो । चालकहरुले कर्णाली प्रदेशको पुरयाएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने ।

2. आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई लागु औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

3. कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुरयाउनका लागि यथासिघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने ।

4. कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।

5. विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने ।

6. कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी दिईयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com