ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भत्तामा स्थानीय तहको मनपरी


admin

डडेल्धुरा, ६ जेठ । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो ।

असार महिना शुरु हुनुपूर्व एक महिना मात्रै बाँकी रहँदा विकासको चटारो बढेको र विकास निर्माणका कार्य सम्पन्न भएसँगै भइरहेका कार्य तथा सम्पन्न विकास निर्माण योजनाको अनुगमन गरेबापत दिनुपर्ने दैनिक भ्रमण भत्ताको दर पनि स्थानीय तहले आआफ्नै किसिमले तोकेका छन् ।

अजयमेरु गाउँपालिकाले अनुगमन बैठक भत्ताबापत दैनिक रु एकहजार ६००दिने गरेको अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । अनुगमन प्रतिवेदन बुझाएपछि मात्र रकम भुक्तानी गरिने समेत उहाँले जानकारी दिनुभयो ।

भागेश्वर गाउँपालिकाले भने निर्माणाधीन योजना र निर्माण सम्पन्न योजनाको अनुगमन गरेबापत दैनिक रू एक हजार दिने गरेको जनाएको छ । तेह्र प्रतिशत कर कटाएर अनुगमन भत्ता दिने गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । आलिताल गाउँपालिकाले अनुगमनकर्ताले बास बस्नु पर्ने अवस्था आएमात्र खाना र बासका लागि रु ७०० अनुगमन भत्ता दिने गरेको अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

गन्यापधुरा गाउँपालिकाले पनि अनुगमनबापत रु ८५० दिने गरेको उक्त गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयोे । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको र सोही अनुसार दैनिक दुईदेखि तीनवटा योजनाको अनुगमन गरिने जनाइएको छ ।
अमरगढी नगरपालिकाले अनुगमन बैठक भत्ताबापत रु एक हजार ५०० मा १५ प्रतिशत रकम कर काटी रु एक हजार २५० प्रदान गर्ने गरेको नगरपालिकाका प्र्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । पाँच लाखभन्दा तलका योजनाको वडाध्यक्षले नै अनुगमन गर्ने भएकाले त्यसमा रकम दिनु नपर्ने भएको छ तर पाँच लाखभन्दा माथिको योजना अनुगमन गरेमा बैठक भत्ता दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

परशुराम नगरपालिकामा नगर भित्रका योजनाको अनुगमन गर्दा एक हजार ५०० का दरले अनुगमन भत्ता दिँदै आएको त्यहाँका प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

परशुराम नगरपालिकाको प्रमुख भीमबहादुर साउदले भने कुनै पनि किसमको योजना अनुगमन बैठक भत्ता नलिएको जनाउनुभयो । भत्ताका लागि नभई विकास निर्माण र जनताको सेवा गर्नका लागि जनप्रतिनिधि भएको उहाँले बताउनुभयो । कुनै कार्यक्रमबापत आएको रकम पनि नगर भित्रका गरीब, असहाय, ज्येष्ठ नागरिक तथा अपांगलाई सहयोग दिने गरेको प्रमुख साउदको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com