ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप


एबीसी न्यूज
जेष्ठ ६, २०७५ आईतबार   ८ : २५   बजे

 

नयाँ दिल्ली, भारत, ६ जेठ ।  भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ ।

शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले थप्नुभयो, “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया झूट हो । उहाँ भ्रष्टाचारी हो ।”

उहाँले भन्नुभयो यो भारतीय जनता पार्टी (भाजपा) लाई पाठ भएको छ कि प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठूला हुन् ।

गान्धीले भन्नुभयो, “प्रधानमन्त्री मोदी र हत्याको आरोप लागेका शाहसहित विजेपीलाई मुलुकले देखाइदिइसकेको छ कि उहाँहरूको पैसाको थैलीभन्दा भारतीय संघसंस्था ठूला हुन् ।”
नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।

नेता गान्धीले भन्नुभयो, “मलाई गर्व लागेको छ विपक्षी दलहरू एक भएर विजेपीलाई हराएका छन् । हामीले यसलाई जारी राख्ने छौँ । भारतमा जनताको इच्चा नै सर्वोच्च रहेको छ । म कर्नाटकका जनता, हाम्रो दल र जनता दलका नेता, कार्यकर्ता र शुभेच्छुकलार्ई कर्नाटकको निर्वाचनमा देखाएको भ्रष्टाचार विरुद्धको ऐक्यवद्धताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

भाजपा र राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस) प्रति लक्षित गर्दै कंग्रेस–आईका अध्यक्षले भन्नुभयो, “ मलाई लाग्छ भाजपा र आरएसएसले पाठ सिक्नुपर्छ कि भारतीय समाज, जनता चाहना र व्यवस्थालाई यो देशमा अनादर गर्न सम्भव छैन ।”

भाजपाका विधायक तथा सभामुख राष्ट्रिय गानभन्दा पहिले किन सदन छोडेर बाहिर गए यसले प्रश्न खडा गरेको गान्धीले उक्त अवसरमा बताउनुभयो ।

“तपाईलाई थाहा पाउनुभयो कर्नाटकमा सम्पूर्ण प्रयासका बाबाजुद पनि भाजपाका विधायक र सभामुख राष्ट्रिय गान पहिले नै निस्किए । आज हामी यसैका विरुद्ध लडिरहेका छौँ ।”

कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कंग्रेस र जनता दलको गठबनधनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो । भालाले येद्युरप्पा सरकारलाई बहुमत पुष्टि गर्न १५ दिनको समय दिएको थियो ।

त्यसपछि कंग्रेसले भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गराए । तत्पश्चात उक्त मुद्दामा विरल मानिने मध्यरातमा तीन न्यायाधीश ए के सिक्री, एस ए वोब्दे र अशोक भुषणको बेन्चले सुनुवाई गरी येद्युरप्पालाई मुख्य मन्त्रीका रूपमा सपथ नखान तत्कालका लागि निर्देशन गरिएको थियो । यसले बिहीबार हुने भनिएको सपथ ग्रहण पछि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group