ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा बैठकमा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जोड


admin

काठमाडौँ, ४ जेठ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत विकास निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई दिदैं काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नु परेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमला राईले धेरै कानूनसँग संविधान बाझिन सक्ने भएकाले यसको निक्र्यौल गरेर तत्काल नयाँ कानून निर्माण प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।

उहाँले उच्चस्तरीय भ्रमणमा सुरक्षाका लागि बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएकाले भविष्यमा हुने उच्चस्तरीय भ्रमणको सुरक्षाका लागि सुरक्षाकर्मीलाई विशेष तालीम दिएर भए पनि दक्ष बनाउन माग गर्नुभयो ।

सांसद कोमल ओलीले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको, शहरी सडकमा भएको पिचसमेत एक महिनामै भत्किने गरेकाले बजेट खर्च गर्ने नाममा कमजोर निर्माण कार्य नगर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद कविता बोगटीले कर्णालीका धेरै जिल्लाका सदरमुकाममा मात्र बैंक भएकाले स्थानीय जनता समस्यामा पर्ने गरेको हुँदा तत्काल ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न सरकारसंग आग्रह गर्नुभयो ।

सांसद रामप्रित पासवानले सीमा अतिक्रमणले नेपाल–भारत सीमा क्षेत्रका जनता समस्यामा परेको उल्लेख गर्दै यसको तत्काल समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

सांसद बलराम बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई प्रभावकारी बनाई हवाई उड्डयनलाई व्यवस्थित र सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

यस्तै, सांसद सुरेन्द्रराज पाण्डेले भारतीय सांसदले जनकपुरको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सरकारको आधिकारिक धारणा नआउनु दुःखद भएको बताउनुभयो ।
सांसद वृशेषचन्द्र लालले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तीनै तहमा विद्युतीय प्रणालीबाट काम गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद शिवराम विश्वकर्मा र रामचन्द्र राईले विकासे आयोजनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते ५ः३० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com