ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस कमजोर भएका कारण कम्युनिष्टहरुले अवसर पाए- प्रथम राष्ट्रपति यादव


admin

काठमाडौँ, ३ जेठ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका लागि सबै राजनीतिक दल लाग्नुपर्ने बताउनुभयो । “सबैलाई समेटेर मुलुकको विकास होस् भन्ने मेरो चाहना हो”, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसको राजनीतिबाट मुलुकको पहिलो राष्ट्रपति बन्नुभएका डा यादवले काँग्रेसभित्र गुटगत राजनीति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “काँग्रेसले काँग्रेस सिध्याउन लागिरहेका छन्, टिकट पैसामा वितरण भइरहेको छ”, उहाँले भन्नुभयो ।

गाउँ, नगर र जिल्लामा संगठन विस्तार गर्न नलागेसम्म काँग्रेस बलियो नहुने उहाँको भनाइ थियो । राष्ट्र जोड्ने र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन काँग्रेसले मात्र सक्ने भन्दै उहाँले काँग्रेस सुधार्ने जिम्मा बौद्धिक वर्गलाई दिनुपर्ने बताउनुभयो । काँग्रेसका बारेमा आफूले धेरै भन्ने कुराहरु भए पनि आफ्नो पदीय मर्यादालाई ख्याल गरेको उहाँले बताउनुभयो ।

पूर्वमन्त्री एवं राजनीतिक चिन्तक निलाम्बर आचार्यले काँग्रेसको विचारमा हिँड्ने कम्युनिष्टहरुले काँग्रेसलाई निर्वाचनमा पराजित गरेको बताउनुभयो । “काँग्रेस कमजोर भएका कारण कम्युनिष्टहरुले अवसर पाए, भविश्य कम्युनिष्ट विचारसँग छैन”, उहाँले भन्नुभयो ।

संगठन, राजनीति र सिद्धान्तलाई पुनःनिर्माण गरेर अगाडि बढेमात्र काँग्रेस अगाडि बढ्ने उहाँको भनाइ थियो । काँग्रेसले संसद्मा सशक्त भएर जनताको मुद्दा उठाउँदै स्थानीय तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व जन्माउन सकेमात्र पहिलेको स्थानमा पुग्ने उहाँको धारणा थियो ।

राजनीतिक चिन्तक प्रा डा कृष्ण खनालले काँग्रेस विरोधीहरुले विश्वेश्वरप्रसाद कोइरालाको अस्त्र काँग्रेसमाथि प्रयोग गरेकाले पार्टी कमजोर भएको बताउनुभयो । “काँग्रेसका गतिविधिहरुदेखि धेरै कार्यकर्ताले परिवर्तन चाहेका छन्, त्यसैले काँग्रेस पुनःनिर्माणको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

आफ्नो पछाडि नलाग्ने सबै विरोधी भन्ने मानसिकता नेताहरुसँग भएको कारण काँग्रेस कमजोर भएको उहाँको भनाइ थियो ।

राजनीतिक चिन्तक डा देवेन्द्रराज पाण्डेले काँग्रेस कमजोर भए नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुने भन्दै पार्टी बलियो बनाउनका लागि संगठन निर्माणमा लाग्नुको विकल्प नभएको बताउनुभयो । काँग्रेसले आफ्ना नीति तथा कार्यक्रम जनतामाझ लैजान नसक्दा पराजय भोगेको उहाँको भनाइ थियो ।

सो अवसरमा प्रजातान्त्रिक योद्धा सम्मानबाट पुरुषोत्तम बस्नेत सम्मानित हुनुभयो । रु २५ हजार नगद, सम्मानपत्र र दोसल्लाबाट सम्मान हुनुभएका प्रजातान्त्रिक योद्धा बस्नेतले मुलुकमा प्रजातन्त्रमाथि ठूलो संकट देखा परेको भन्दै प्रजातन्त्रलाई बचाउनका लागि प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष होमनाथ दाहाल, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सना, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्ष डा विमला शाक्यलगायतले प्रजातन्त्रलाई सुदृढ बनाउनका लागि विभिन्न कार्यक्रममार्फत प्रजातान्त्रिक विचार समाज लागिरहेको बताउनुभयो ।

उहाँहरुले प्रजातान्त्रिक विचार समाजमा विभिन्न पेशा व्यवसायमा आबद्ध बुद्धिजीवीहरु रहेको भन्दै पार्टीले उनीहरुको विचारलाई समावेश गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०५२ जेठ ३ गते स्व वासुदेवचन्द्र मल्लको अध्यक्षतामा स्थापना भएको समाजले मुलुकमा मानव अधिकार, बहुदलीय प्रजातन्त्र, कानूनी राज्य तथा बहुलवादमा आधारित संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको समाजका अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com