बझाङ, २ जेठ । बझाङमा एक महिला बुधवार बिहान मृत अवस्थामा फेला परेकी छन् । मृतक बझाङ वुगल नगरपालीका वडा नं २ की रञ्जना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्लाको केदारस्यृ गाँउपालीका वडा नं ४ कालङ्गा नदिमा बोहोरालाई त्यहाँका स्थानियबासिले मृत अवस्थामा फेला पारेका थिए ।
मृतकको सव जिल्ला अस्पताल सिमखेतमा पोस्टमार्टमको लागी ल्याएको प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।
मृतकले आत्महत्या या हत्या गरेको हो भन्ने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्