ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार


admin

भक्तपुर, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण (कोबाल्ट ६० विथ सिमुलेटर) दिने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले घोषणा गरेसँगै यो मेशिन जतिसक्दो छिटो आउँला भन्नेमा हामी विश्वस्त छौँ । यो मेशिन आएपछि रेडियो थेरापीमा अझै गुणस्तरीय सेवा दिन सक्नेछाँै ।” करीब रु १० करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो रेडियो थेरापी मेशिनलाई हट्ने उहाँले बताउनुभयो ।

विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन सकिएको छैन ।

अस्पतालले नेपाल सरकारको अनुदानमा अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन पनि ल्याउने भएको छ । करीब रु १९ करोड पर्ने यो मेशिन आगामी छ महिनाभित्र नेपाल ल्याएर सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । यसका लागि नेपाल सरकारले रु पाँच करोड अनुदान उपलब्ध गराइसकेको छ ।

भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने उहाँको भनाइ छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले हाल रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना कुर्दै पर्ने वाध्यता रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको मेशिन आएलगत्तै बिरामीले छिटो र सहजरुपमा सेवा दिन सकिने बताइन्छ ।

प्रशासन प्रमुख तजलेले भन्नुभयो, “पुरानो मेशिनबाट हाल दैनिक १०० देखि ११५ जनासम्मको थेरापी हुँदै आएको छ । अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको मेशिन आएर सञ्चालन भएलगत्तै रेडियो थेरापी गर्ने बिरामीले सजिलो र अझै गुणस्तरीय सेवा दिन सक्नेछौँ ।”

भारतले दिने मेशिन र लिनायक मेशिन सञ्चालनमा ल्याउन सकिए दैनिक २०० भन्दा बढी बिरामीको रेडियो थेरापी गर्न सकिने बताइन्छ । यस्तो भएमा क्यान्सरका बिरामी थेरापीका लागि पालो कुर्नुपर्ने समस्याबाट भने मुक्त हुनेछन् ।

अस्पतालले यसअघि नै भारतीय राजदूतावासमार्फत रेडियो थेरापी मेशिन सहयोग गरिदिन अनुरोध गरेको थियो । सोही अनुरोधस्वरुप नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले मेशिन भक्तपुर क्यान्सर अस्पताल उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको घोषणाले अस्पताल प्रशासन, कर्मचारी र बिरामीमा नयाँ आशा र खुशी पलाएको जनाएको छ ।

हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ४५० जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।

प्रसूति, नाक, कान, घाँटी, पेट, हाडजोर्नीलगायत विभिन्न रोगको दैनिक छ वटासम्म शल्यक्रिया गर्दै आएको यस अस्पतालमा बिरामीको चापको अनुपातमा यन्त्र उपकरणको अभाव रहँदैआएको छ ।

यसअघि पनि भारतीय दूतावासले नेपाल अर्बुद रोग निवारण संस्थाका विभिन्न शाखाका लागि एम्बुलेन्स, जेनेरेटर उपहार दिएको थियो भने अस्पतालमा उपचार गराउँदै आएका गरीब, असहाय बच्चा तथा महिलाका लागि इन्डियन ओमन क्लबबाट प्रत्येक वर्ष एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com