ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा प्रदर्शनकारीमाथिको सैन्य कारबाहीमा ५९ मारिए


एबीसी न्यूज

 

गाजा सिटी, प्यालेस्टाइन, २ जेठ ।  आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् ।

इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टानको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीको क्रममा ५९ जना प्यालेस्टिनी मारिएका छन् ।

अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी रहेको छ ।

सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेप विरुद्ध भएको बताइएको छ ।

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब दुई हजार ७०० जना घाइते भएका छन् । हिजोको सो कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ ।

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा ११३ भन्दा बढीको मृत्यु भएको छ ।

इजराली सेनाको यो कारबाहीको अन्तरराष्ट्रियस्तरमा व्यापक निन्दा भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले उक्त घटनाको भत्र्सना गर्नुभएको छ र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगानले इजराल आतङ्क र नरसंहारको आरोप लगाउनुभएको छ ।

इजरायली सशस्त्र फौजबाट प्रदर्शनकारीमाथि गरेको यस कारबाहीको अन्तरराष्ट्रिय जगतमा निन्दा भएको छ । दुई राज्यले वार्ताबाट नै समस्याको हल गर्नुपर्ने अन्तरराष्ट्रिय जतगको भनाइ रहेको छ ।

तर बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सोरेको छ ।

जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यास्लेस्टाइनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदम स्वरुप सो कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।

सो क्षेत्रमा मङ्गलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्याका प्रहरी तैनाथ गरिएको बताइएको छ ।

संयमता अपनाउन इजरायललाई चीनको आग्रह

यसैबीच चीनले संयमता अपनाउन इजरायललाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लुछाङले सो आग्रह गर्नुभएको हो ।

इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टाइनीको ज्यान गएपछि चीनले यो आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयमता अपनाउनु बाहेकको अर्काे विकल्प नरहेको बताउनुभएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com