
रौतहट, १ जेठ । रौतहटको बमनहर पुलस्थित प्रहरीले ८ थान डाईजापाम इन्जेक्सन लागुऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर ५ घर भएका २० वर्षिय अजय सुनार रहेका छन् ।
प्रहरी हवल्दार प्रभु चौरसियाको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा सुनारको साथबाट सो लागुऔषध बरामद गरेको हो । भारतबाट लुकाई छिपाई ल्याएर डाईजापाम दाहिने जांघमा बाँधेर लगिरहेको अवस्थामा प्रहरीले उनलाई साझँ ५ बजे पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि सुनारलाई जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको छ।



















प्रतिक्रिया दिनुहोस्