काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी ओलीले नेपालको हित विपरीत एक शब्द नबोलेको प्रस्ट्याउँदै देशको हित विपरीत कतै पनि सम्झौता नभएको जिकिर गरे।
२८औं युवा संघको स्थापना दिवसमा बोल्दै ओलीले आफूले बोलेका कुरालाई केही बज्रस्वाँठले अपभ्रंश गरेको बताउँदै गणतन्त्रको लागि आफू लड्दा नजन्मेकाहरुले ‘बयलगाडा-बयलगाडा’ भन्दै झुठो आरोप लगाइरहेको बताए।
‘गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका पुग्न खोज्नु जस्तै हो’ भन्ने विगतको उनको अभिव्यक्तिलाई लिएर आलोचकहरुले कटाक्ष गरेपछि प्रधानमन्त्री ओलीले सो टिप्पणी गरेका हुन् ।
सोही कार्यक्रममा ओलीले प्रगतिशील र गतिशील मात्रै युवा हुनसक्ने भन्दै अनुचित कार्यमा सम्झौता नगर्न युवाहरुलाई सुझाए। उनले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको कुरा गरिरहेकोप्रति लक्षित गर्दै नेतृत्व ओलम्पिक टर्च हस्तान्तरण गरे जस्तो नहुने बताए।
उनले पाँच वर्षभित्र नौ सय मेगावाट बिजुली थपिने बताए। त्यस्तै भारतबाट बिजुली ल्याउने क्रम अन्त्य हुन लागेको बताए। ‘अब २र३ वर्षमा बिजुली भारतलाई बेच्न सक्छौ’, उनले भने।
त्यस्तै सोमबार संसदमा बोलेका गगन थापाप्रति कटाक्ष गर्दै उनले कांग्रेस आत्तिएको पनि बताए।



















प्रतिक्रिया दिनुहोस्