ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार   १० : २९   बजे

पाँचथर, १ जेठ।  सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो सुविधाभन्दा पनि जनताको सुविधाप्रति चासो दिएको छ ।

प्रसंग हो, पाँचथरको सुक्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको । जताततै खानेपानीको संकटमा परेका नागरिकलाई गाउँपालिकाको पहिलो गाउँसभाबाटै पानी खुवाउनका लागि उद्घोष ग¥यो, फलस्वरुप कार्यालयले ढिलै भए पनि खानेपानी वितरण गर्न थालेको छ । सुलभ मूल्यमा पानी वितरण गर्ने उद्देश्यअनुरुप ट्यांकर खरिद प्रक्रिया पूरा गरी गाउँपालिकाले पानी वितरण गर्न थालेको हो ।

खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खानेपानीको पहुँचमा पु¥याउनका लागि यो अभियानलाई तीव्रता दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कूल रु ४५ लाखको लागतमा ट्र्याक्टरसहितको टयाङ्कर खरिद गरेको हो । खानेपानीको गम्भीर समस्या भएका वडाको पहिचान गरी सामूहिकरुपले उक्त क्षेत्रमा खानेपानी वितरण गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।

स्थानीयले प्रतिलिटर डेढ देखि दुई रुपैयाँसम्मको दरले पानी किनेर खानुपर्ने बाध्यता थियो । तर अहिले परिवारका आवश्यकता र होटल व्यवसाय गर्न सहज भएको अध्यक्ष चेम्जोङले बताउनुभयो ।

खानेपानीको समस्या भएको कुम्मायक गाउँपालिकाका विभिन्न वडामा खानेपानीको हाहाकार छ । मेलम्चीपछि कै दोस्रो ठूलो आयोजना भनिएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्मका लागि स्थानीयलाई राहत दिन गाउँपालिकाले प्रतिलिटर ६० पैसामा पानी वितरण गर्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीय होटल व्यवसायी देवेन्द्रकुमार सम्बाहाम्फे भन्नुहुन्छ, “खानेपानी किनेर मात्रै प्रयोग गर्नुपर्ने भएकाले यो सस्तो रेटमा गाउँपालिकाले खानेपानी उपलब्ध गराएको छ ।” राम्रो काम गरेकोलाई राम्रो भन्नुपर्छ, खानेपानी वितरणको सेवा अहिले बजारमा मात्रै केन्द्रित भएको छ, त्यसलाई गाउँमा पनि केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाको यासोक बजारमा मात्रै दैनिक ५० देखि ६० हजार लिटर पानी खपत हुने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्न नसकेको उक्त खानेपानी आयोजनाले दैनिक २० हजार देखि २५ हजार लिटर पानी पनि पु¥याउनसमेत हम्मेहम्मे हुने गरेको यासोक खानेपानी सरसफाइ उपभोक्ता समिति अध्यक्ष तथा वडा नं १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group