मोरङ, २७ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ ।
बुधबार सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली कांग्रेसको भूमिका’ विषयकआयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा. कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र कांग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्