काठमाडौं, २६ बैशाख – थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् ।‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टले भने ।



















प्रतिक्रिया दिनुहोस्