काठमाडौं, २६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका २९ जनाको बयान मंगलबार सकिएको मोरङ प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गत बुधबारबाट २९ जनालाई मोरङ प्रहरीको न्यायिक हिरासतमा राखेर बयान लिने काम भएको थियो ।
गत बुधबार ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि पक्राउ परेका अभियुक्तको बयान लिने काम सुरु भएको थियो । तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना भने अझै प्रहरीको फरार सूचीमा रहेका छन् ।
बयान दिनेमा पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकाश खनाल, डिएसपी प्रजित केसीलगायत २९ अभियुक्त रहेका छन् ।



















प्रतिक्रिया दिनुहोस्