ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किम जोङ उन किन पुगे चीन ?


एबीसी न्यूज
बैशाख २६, २०७५ बुधबार  ८ : ०७ बजे


एजेन्सी । जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन फेरि चीन आएको हुन सक्ने बताएका छन्।

चीनको उत्तरपूर्वी सहर डालियनमा सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत मार्चमा रेल ल्याएर बेइजिङ आएका किम यसपालि जहाजमा डालियन आएको हुन सक्ने जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ। उसले मंगलबार दिउँसो उत्तर कोरियाको एयर कोर्योका दुईवटा जहाज डालियन विमानस्थलमा देखिएको उल्लेख गरेको छ।
उत्तर कोरिया र डालियनबीच व्यवसायिक उडान छैन।

दक्षिण कोरियाली समाचार संस्था यान्होपले उत्तर कोरियाली स्रोतलाई उद्धृत गर्दै सोमबार उत्तर कोरियाका उच्च नेता चीन आएको र चिनियाँ अधिकारीसँग भेटेको जनाएको छ। यान्होपले किम दोस्रो पटक चीन आएको हुनसक्ने उल्लेख गरेको छ।

दक्षिण कोरियाली टेलिभिजन केबिएसका अनुसार आफूले बनाएको एयरक्राफ्ट क्यारियर (विमानबहाक पानीजहाज) को परीक्षणका लागि चीनले उत्तर कोरियाली नेतालाई बोलाएको हुन सक्छ। त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङ र किमबीच भेट हुने सम्भावना छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले विकसित घटनाक्रमलाई ध्यानपूर्वक नियालिरहेको बताएको छ।

यसअघि गत मार्चमा किम हरियो रङको रेलमा चढेर बेइजिङ आएका थिए। उनको भ्रमणलाई दुबै देशले गोप्य राखेका थिए।

गत वैशाख १४ गते किम दक्षिण कोरियाको सीमावर्ती क्षेत्र पुगेका थिए। राष्ट्रपति मुन जाय इनसँग उनले शिखर वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली युद्दको अन्त्यलगायत विषयमा सहमति भएको थियो।

अघिल्लो साता चिनियाँ विदेश मन्त्री वाङ यीले प्योङयाङ भ्रमण गरेका थिए। किमले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com