ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१८ जना सहसचिवको सरुवा, को कहाँ ? (नाम सहित )


एबीसी न्यूज
बैशाख २५, २०७५ मंगलबार  १ : १४ बजे

काठमाडौं, २५ वैशाख । सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनमा व्यापक सरुवाको गृहकार्यलाई जारी राखेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरवदल र सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने भरतपुर महानगरपालिकाको कार्यकारी अधिकृतमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदीलाई सरुवा गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निर्वाचन आयोगका दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगकै नवराज ढकाललाई उद्योग मन्त्रालयमा र सामान्यको अतिरिक्त समुहमा रहेका कुमारप्रसाद दहाललाई विराटनगर महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

दाहाललाई केही दिन अघि मात्रै वाणिज्य विभागको महानिर्देशकबाट हटाइएको थियो । यसैगरी सामान्यको अतिरिक्त समूहमा रहेका वेदबहादुर कार्कीलाई केन्द्रिय पञ्जिकरण विभागमा, राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, सामान्यको अतिरिक्त समूहमा नै रहेका गंगाराम गेलाललाई निर्वाचन आयोगमा, रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुहमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवा हुने अन्य सहसचिवहरुमा राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईलाई रक्षा मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञावालीलाई काठमाडौं महानगरपालिकामा र सामान्यको अतिरिक्त समूहमा रहेका विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com