ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातको स्पष्ट खाका तयार पार्न निर्देशन


admin

काठमाडौँ, २३ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ ।

यातायात क्षेत्रको व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या तथा चुनौती एवं समाधानका लागि गरिएका प्रयास र समितिले सो सम्बन्धमा दिएका निर्देशनको कार्यप्रगति विषयमा आज बसेको बैठकमा सांसदहरुले सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको, यातायातमा एकाधिकार (सिन्डिकेट) ले भद्रगोल बढाएको, समितिले दिएका निर्देशन सरोकार भएका कार्यालयले कार्यान्वयन नगरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले सडकअनुसारको सवारीसाधन हुनुपर्नेमा सवारी साधनअनुसारको सडक बनाउन खोज्दा समस्या आएको बताउनुभयो । “उपत्यकाबाट पुराना र साना सबै सवारी साधन हटाइनुपर्छ, साझा यातायातलयायत सार्वजनिक र निजी सबारी साधनमा प्रतिस्पर्धा गराइनुपर्छ, बसपार्क राज्यले सञ्चालन गर्नुपर्छ, सार्वजनिक यातायातको एकाधिकारलाई समन्वयात्मकरुपमा अन्त्य गरिनुपर्छ” – उहाँले भन्नुभयो ।

राजमार्ग निर्वाधरुपमा सञ्चालनको व्यवस्था मिलाइएको गृहमन्त्री शर्माको भनाइ थियो । उपत्यकाको ट्राफिक सुधार गर्न समितिले रसिद काटेबापत दिइने प्रतिशत अन्त्य गरी विशेष भत्ता दिने व्यवस्था मिलाउन दिएको निर्देशन बमोजिम प्रतिशत नपाउने व्यवस्था भए पनि भत्ता दिने काम नभएकाले छिटो व्यवस्था मिलाउन पुनः निर्देशन दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उपत्यकामा यातायातको जाम कम गर्न वाग्मती, धोबीखोलालगायत नदी करिडोर सञ्चालनमा ल्याइनुपर्ने बताउनुभयो ।

“यातायात व्यवस्था कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा काममा समस्या भएको छ, यातायात क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरिएकाले अब प्राविधिक कर्मचारी नै पठाइनुपर्छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति रवीन्द्र अधिकारीले यातायात क्षेत्रका कर्मचारीको बानी सुधार गर्न दिएको निर्देशनको पालना नभएकाले सेवाग्राहीले सास्ती खेप्नु परेको बताउनुभयो । “ट्राफिक प्रहरीलाई दिएको निर्देशनअनुसार केही गर्न खोजेको देखिन्छ, तर यातायात व्यवस्था विभागले केही गरेन, सवारी चालक अनुमति पत्र र ‘स्मार्ट कार्ड’ लगायतका सेवा सुधार हुन सकेन, जसका कारण सेवाग्राहीले दुःख पाइरहेका छन्”, उहाँले भन्नुभयो ।

अरु बेलामा नियमअनुसार काम नगर्नेले मन्त्री वा अन्य माथिल्लो तहका अधिकारी निरीक्षणमा गएका बेला मात्र भएको कामका आधारमा मूल्यांकन गरिनु नहुने सभापति अधिकारीको भनाइ थियो ।

बैठकमा सांसदहरु गणेश पहाडी, अजयशंकर नायक, रामचन्द्र पोखरेल, बैजनाथ चौधरी, अमरसिंह पुन, सीता गिरी (ओली), अनिता देवकोटाले मुग्लिन–नारायणघाट सडकमा घण्टौँ सवारी जाम हुँदा उपत्यका प्रवेश गर्न र बाहिर जान समस्या भएको, यातायात क्षेत्रमा अनुसन्धान गरेर काम नगरिँदा दीर्घकालीन सोचका काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आङ्टावा शेर्पाले संसद्को शून्य समयमा बोलेका विषयको सुनुवाइ पञ्चायतकालमा जत्तिको पनि हुन छोडेको गुनासो गर्नुभयो । उपत्यकाबाहिर पनि यातायात क्षेत्रमा समस्या रहेको उहाँले सुनाउनुभयो ।

सांसदद्वय केशवकुमार बुढाथोकी र जीवनबहादुर शाहीले ट्राफिक जाम सबै देशमा हुने भए पनि नेपालमा २४सै घण्टा जाम हुँदा समस्या भएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिनुभयो । उपत्यकामा धेरै सवारी साधन हुने तर हुम्लामा नहुँदा समस्या भएको उनीहरुको भनाइ थियो । राजधानी जस्तो स्थानमा ट्राफिक बत्ती बिग्रिएको वर्षौंसम्म नबन्नु लज्जाको विषय भएको उहनीहरुले औल्याएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उपत्यकामा मोनो रेल, मेट्रो रेल वा केबलकार के उपयुक्त हुन्छ भनी निर्णय गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“सरोकार भएका निकाय कसैले मोनो रेल, अर्कोले मेट्रो रेल र अर्कोले केबलकारभन्दा अस्पष्टता भएको छ, विज्ञसहित छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ, उपत्यकाको यातायात सुधारका लागि दिगो सहरी यातायात आयोजनाले दिएको प्रतिवेदन राजनीतिक अनिर्णयको बन्दी बन्नुहुन्न”, उहाँले भन्नुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात क्षेत्रको सुधारका लागि १० वटा मापदण्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ सडक र टेकुमा पार्किङ मल निर्माण गर्न लागेको जानकारी गराउँदै उपत्यकाका विभिन्न भागमा सोलार बत्ती एवं सिसी टिभी जडान गर्ने तयारी गरिएको बताउनुभयो ।

सार्वजनिक यातायात विज्ञ भूषण तुलाधरले सडकमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्नेतर्फ केही व्यवस्था हुन नसकेको जानकारी दिनुभयो । उपत्यका सांस्कृतिकस्थल भएकाले सडक निर्माण र यातायात सञ्चालन गर्दा यहाँको संस्कृतिमैत्री हुनुपर्ने भनाइ राख्नुभयो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सार्वजनिक यातायातमा ‘इ टिकेटिङ’को व्यवस्था गरिनुपर्ने बताउनुभयो । नेपालको यातायात सुधारका लागि विज्ञ, सार्वजनिक र निजी यातायात क्षेत्रका प्रतिनिधि समावेश गरेर समिति बनाउन माग गर्नुभयो ।

पूर्वाधार एवं यातायात विज्ञ सूर्यराज आचार्यले यातायातको समस्या समाधानका लागि साना सवारी हटाएर ठूला बस ल्याइनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com