ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि बालिकालाई जिउँदै जलाइयो 


एबीसी न्यूज

राँची — भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।

स्थानीय प्रहरी कार्यालयका प्रमुख अशोक रामले भने, ‘उनीहरुले आरोपीले पीडित किशोरीका आमाबाबुलाई कुटपिट गर्नुका साथै घरमा पुगेर किशोरीलाई आगो लगाएका हुन् ।’
उनीहरुले आफ्ना बुबाआमा आफन्तको विवाहमा गएका बेला किशोरीलाई ४ जनाले अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलत्कार गरेका थिए ।
घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । तर गाउँ परिषदा अगुवाले कानूनी प्रक्रियाको साटो आफै विवाद समाधानको पहल गरेका थिए । भारतका कतिपय ग्रामिण इलाकामा अझैपनि त्यस्ता गाउँ परिषदो महत्वपूर्ण प्रभाव कायमै छ ।
 बलत्कार र हत्याबारे अनुसन्धान गर्न प्रहरीले १४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।
भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com