ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीका चार जना यातायात ब्यावसायी पक्राउ


admin
बैशाख २१, २०७५ शुक्रबार  ४ : २३ बजे

म्याग्दी, २१ वैशाख । सरकारले यातयात व्यवसायीहरुको लागी ल्याएको नयाँ निर्देशिकाको विरुद्धमा सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका म्याग्दीका यातायात व्यवसायि समितिका नेताहरु पक्राउ पर्न थालेका छन् । आफ्नो व्यवसायिक संस्था मातहतका सवारी साधन घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका समितिका नेताहरुलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन बमोजिम म्याग्दीमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यबहाक अध्यक्ष लाल बहादुर थापा क्षेत्री, सचिब सुमन श्रेष्ठ, म्याग्दकाली यातायात व्यवसायी समितिका सचिब देवेन्द्र पौडेल र काउण्टर इन्चार्ज राम्जी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो । सिण्डीकेट प्रणाली खारेजीको विरुद्धमा आन्दोलनमा उत्रिएका व्यवसायि समितिमा आबद्ध भएकाहरुलाई पक्राउ गर्ने गृहमन्त्रालयको निर्देशन अनुसार उनीहरुलाई प्रक्राउ गरिएको प्रनाउ खड्काले बताउनुभयो ।

गृह मन्त्री रामबहादुर थापा (बादल)को निर्देशन अनुसार गृह मन्त्रालयले यातायात सेवा अवरुद्ध पार्ने सिण्डीकेट पक्षधर समितिका पदाधीकारीलाई पक्राउ गर्न देशभरका प्रशासन कार्यालयमा पत्राचार गरेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । यसैबिच सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् ।

म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।

समितिले आन्दोलन गरेपनि म्याग्दीमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका दुई वटा कम्पनी सम्बद्ध व्यवसायीले सेवा दिएका छन् । पश्चिम म्याग्दी यातायात प्रा।लीले दरवाङ देखि ताकम मुना, बिम, लामेला तमान, देविस्थान, बेनी क्षेत्रमा सेवा सूचारु गरेको छ । यसैगरी बागलुङ भगवती यातायात प्रा।लीले बेनी काठमाठौ रुटमा सेवा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com