ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न नेविसंघको माग


admin

congresha flage

काठमाडौँ, २१ वैशाख । नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ ।

नेविसंघको दुई तिहाइ सदस्यको बिहीबार वाल्मीकि क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरले विधि–विधानविपरीत मनोमानी ढंगले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिमा भएको मनोनयन खारेज गर्न माग गरेको हो ।

नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको बैठकले काँग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघलाई बलियो बनाउनुको साटो विधान विपरीत जथाभावी ढंगले नियुक्त गर्दै हिँडेको भन्दै विधानविपरीत गरिएको मनोनयन खारेजको माग गरेको हो ।

सो बैठकको निर्णय आज सार्वजनिक गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई साँच्चै नै विद्यार्थीको संगठन बनाउन उक्त बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।

अध्यक्षले निर्वाचन भएको तीन महिनाभित्र विवादित ११ जिल्लाको विवाद मिलाउनुपर्नेमा २० महिनासम्म पनि मिलाउन नसकेको र १२औँ महाधिवेशन गर्न आलटाल गरेपछि छलफलमा जुटेको केन्द्रीय सदस्य सुशील भट्टले बताउनुभयो ।

बैठकमा उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, खड्ग डाँगी, महामन्त्री, कोषाध्यक्ष शिव रिमाल, सहमहामन्त्रीलगायत ८४ जनाको सहभागिता थियो । बैठकले नेविसंघका संस्थापक अध्यक्ष सीताराम निरौलाको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले मनोनीत गर्ने अधिकार अध्यक्षसँग भएको र सोही अधिकारलाई प्रयोग गरेर विधानसम्मत मनोनयन गरेको बताउनुभयो । “नेविसंघलाई ध्वस्त बनाउन र १२औँ महाधिवेशन भाँड्नका लागि निर्वाचन विरोधी समूह एक भएका छन् । ”, उहाँले भन्नुभयो । साउन २३ देखि २७ सम्म १२ औँ महाधिवेशन सम्पन्न गर्न नेविसंघ लागिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष महरले नेविसंघको विधान विपरीत बैठक बसेको भन्दै उक्त समूहलाई कारवाहीका लागि पार्टीलाई चिठी पठाइसकेको र चाँडो कारवाही हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com